
काठमाडौँ | नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोज कुमार केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् । नवनियुक्त आइजीपी गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो ।
केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो । दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।