2026-07-24 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संकटमा रवि : के होला उम्मेदवारी ?

चैत २२, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । 

न्यायाधीश अनिल कुमार सिन्हाले रविको राहदानी मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि अब बुधबारका लागि अर्को पेशी तोकिएको छ । रविविरुद्ध सर्वोच्चमा मात्रै नभई निर्वाचन अधिकृतको कार्यालयमा समेत उजुरी परेको छ । यस्तो अन्यौलतामा रविको उम्मेदवारी र राहदानी विवाद के होला भन्ने चासो बढेको छ ।

रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाए । सांसद पद गुमाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा गरेपनि पुरानो नागरिकता अनुसार जारी भएको राहदानीको विवाद फेरि सर्वोच्चमा पुग्यो ।

राहदानी विवादबारे महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपनि सर्वोच्चमा यसको परिक्षण हुने क्रममा छ । तर, नागरिकता विवादको सुनुवाईको क्रममा आफू रहेको भन्दै न्यायाधीश सिन्हाले सुनुवाई अस्वीकार गरेपछि यो मुद्दा बुधबारका लागि पेशी तोकिएको छ ।

राहदानी विवादमा सर्वोच्चको निर्णय के होला भन्ने विषय सर्वोच्चको तजबिजीको कुरा भएपनि रविको उम्मेदवारीविरुद्ध नै उजुरी परेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा रविविरुद्ध विभिन्न आरोपसहितका उजुरी परेका छन् । सर्वोच्चमा राहदानी विवादमा मुद्दा लिएर पुगेका युवराज पौडेल (सफल) ले इमेलमार्फत र अन्य तीन जनाले कार्यालयमै पुगेर उजुरी दिएका छन् । रविले पुरानो नागरिकताको आधारमा बनेको मतदाता नामावली प्रयोग गरेर उम्मेदवार बनेको देखि संविधानको धारा २९१ को व्यवस्था प्रतिकुल उम्मेदवारी परेको दाबी गरिएको छ । स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका छन् ।

पौडेलले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौँ, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत ८ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका छन् । 

युवराज पौडेल आफैले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएर लामिछानेले दोहोरो पासपोर्ट प्रयोग गरेको र त्यो संविधान तथा कानुन विपरीतको काम तथा अपराध रहेको भन्दै तत्काल अनुसनधान गरी कारबाही गर्न माग गरेका थिए । लामो समय अनुसन्धान गरेको प्रहरीले अन्तमा दोहोरो पासपोर्ट लिएको पुष्टि भए पनि पासपोर्टको दुरुपयोग नभएको भन्दै मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

सोही प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयको निर्णयलाई नै उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।

यसअघि खारेज भइसकेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका लामिछाने चितवन २ विजयी बनेका थिए । तर सर्वोच्च अदालतले प्रक्रिया नपुगेको र नेपाली नागरिक नरहेको व्यक्तिले निर्वाचनमा सहभागी भई विजयीसमेत भएको भन्दै उनको सांसद पद र निर्वाचन प्रक्रिया नै खारेज गरिएको थियो । त्यसलगत्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने स्पष्टीकरण सोध्ने र निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ । उपचुनावमा उम्मेदवार बनेका रविलाई कानूनी रुपमा उल्झन आइरहेका छन् । नागरिकता र राहदानी विवादका कारण उनले झमेला व्यहोर्नुपरे पनि चुनावी प्रचारमा लागेका उनले आफूविरुद्ध षडयन्त्र भइरहेको दाबी गरेका छन् । भावुक र उत्तेजित हुने गरि आफूलाई बचाउ गर्दै आएका रविले बरु मार्दिए हुने सम्म भन्न भ्याएका छन् । तर, राजनीतिक रुपमा यस्ताखाले विषय आइरहने उनको दाबी छ ।

सोमबार मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका लामिछानेविरुद्ध सोमबार नै सर्वोच्चमा रिट दर्ता भएको थियो । रिट निवेदनमा लामिछानेलाई उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको मागसमेत गरिएको छ । अदालतले रविविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गरिदिएमा उनको उम्मेदवारी समेत स्वतः खारेज हुनेछ । अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा भने उम्मेदवारी कायम भई निर्वाचनमा सहभागी हुन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक