१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संकटमा रवि : के होला उम्मेदवारी ?

२२ चैत्र २०७९, बुधबार ०६:३४

चैत २२, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । 

न्यायाधीश अनिल कुमार सिन्हाले रविको राहदानी मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि अब बुधबारका लागि अर्को पेशी तोकिएको छ । रविविरुद्ध सर्वोच्चमा मात्रै नभई निर्वाचन अधिकृतको कार्यालयमा समेत उजुरी परेको छ । यस्तो अन्यौलतामा रविको उम्मेदवारी र राहदानी विवाद के होला भन्ने चासो बढेको छ ।

रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाए । सांसद पद गुमाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा गरेपनि पुरानो नागरिकता अनुसार जारी भएको राहदानीको विवाद फेरि सर्वोच्चमा पुग्यो ।

राहदानी विवादबारे महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपनि सर्वोच्चमा यसको परिक्षण हुने क्रममा छ । तर, नागरिकता विवादको सुनुवाईको क्रममा आफू रहेको भन्दै न्यायाधीश सिन्हाले सुनुवाई अस्वीकार गरेपछि यो मुद्दा बुधबारका लागि पेशी तोकिएको छ ।

राहदानी विवादमा सर्वोच्चको निर्णय के होला भन्ने विषय सर्वोच्चको तजबिजीको कुरा भएपनि रविको उम्मेदवारीविरुद्ध नै उजुरी परेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा रविविरुद्ध विभिन्न आरोपसहितका उजुरी परेका छन् । सर्वोच्चमा राहदानी विवादमा मुद्दा लिएर पुगेका युवराज पौडेल (सफल) ले इमेलमार्फत र अन्य तीन जनाले कार्यालयमै पुगेर उजुरी दिएका छन् । रविले पुरानो नागरिकताको आधारमा बनेको मतदाता नामावली प्रयोग गरेर उम्मेदवार बनेको देखि संविधानको धारा २९१ को व्यवस्था प्रतिकुल उम्मेदवारी परेको दाबी गरिएको छ । स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका छन् ।

पौडेलले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौँ, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत ८ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका छन् । 

युवराज पौडेल आफैले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएर लामिछानेले दोहोरो पासपोर्ट प्रयोग गरेको र त्यो संविधान तथा कानुन विपरीतको काम तथा अपराध रहेको भन्दै तत्काल अनुसनधान गरी कारबाही गर्न माग गरेका थिए । लामो समय अनुसन्धान गरेको प्रहरीले अन्तमा दोहोरो पासपोर्ट लिएको पुष्टि भए पनि पासपोर्टको दुरुपयोग नभएको भन्दै मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

सोही प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयको निर्णयलाई नै उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।

यसअघि खारेज भइसकेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका लामिछाने चितवन २ विजयी बनेका थिए । तर सर्वोच्च अदालतले प्रक्रिया नपुगेको र नेपाली नागरिक नरहेको व्यक्तिले निर्वाचनमा सहभागी भई विजयीसमेत भएको भन्दै उनको सांसद पद र निर्वाचन प्रक्रिया नै खारेज गरिएको थियो । त्यसलगत्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने स्पष्टीकरण सोध्ने र निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ । उपचुनावमा उम्मेदवार बनेका रविलाई कानूनी रुपमा उल्झन आइरहेका छन् । नागरिकता र राहदानी विवादका कारण उनले झमेला व्यहोर्नुपरे पनि चुनावी प्रचारमा लागेका उनले आफूविरुद्ध षडयन्त्र भइरहेको दाबी गरेका छन् । भावुक र उत्तेजित हुने गरि आफूलाई बचाउ गर्दै आएका रविले बरु मार्दिए हुने सम्म भन्न भ्याएका छन् । तर, राजनीतिक रुपमा यस्ताखाले विषय आइरहने उनको दाबी छ ।

सोमबार मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका लामिछानेविरुद्ध सोमबार नै सर्वोच्चमा रिट दर्ता भएको थियो । रिट निवेदनमा लामिछानेलाई उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको मागसमेत गरिएको छ । अदालतले रविविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गरिदिएमा उनको उम्मेदवारी समेत स्वतः खारेज हुनेछ । अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा भने उम्मेदवारी कायम भई निर्वाचनमा सहभागी हुन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड