१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयाे- चित्रबहादुर केसी

२४ चैत्र २०७९, शुक्रबार ०८:०६

चैत २४, काठमाडौँ | सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको बताएका छन् । बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरूको हस्ताक्षर गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो ।

केसीले शुक्रबार विज्ञप्ति जारी गरी दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौं गम्भीर प्रकारका मतभेदहरु रहेको बताएका छन् । यही मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेको केसीले उल्लेख गरेका छन् ।

अहिलेको सरकारको न्युनतम साझा कार्यक्रममा पनि डिजिटल हस्ताक्षर राखिएको सन्दर्भमा प्रधानमन्त्रीसँग सम्वाद भएको भन्दै केसीले विज्ञप्तिमा लेखेका छन्, ‘तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन ।’ हस्ताक्षर भ्रमबस नै न्यूनतम साझा कार्यक्रममा परेको केसीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ