2026-07-25 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले सम्मानित पद दिए झलनाथ खनाल एमाले फर्किने !

चैत २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । एमालेबाट विद्रोह गर्दै नेकपा एसमा लागेका नेउपाने फेरि एमाले फर्किने तयारीसहित पार्टी छाडेका छन् । नेकपा एस अवसरवादीहरुको झुण्ड भन्दै पार्टी छाडेका उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाललाई समेत गम्भीर आरोप लगाएका छन् ।

एमालेमा तत्कालीन अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै आन्दोलनरत माधव नेपाल पक्षधर नेताहरुले एमालेले आफूहरुलाई बाहिर निकाल्न ढोका नै बन्द गरेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी घोषणा गरे ।

पार्टी घोषणाको केहि समयसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पनि भए । त्यसपछि भएको निर्वाचनमा नेकपा एसले १० सिट प्रत्यक्ष जित्यो । तर, थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट पछि प¥यो । विभिन्न बैठकमा वरिष्ठ नेता नेउपानेले भने एमालेसँग एकता गर्न लचक हुनुपर्ने गरि दस्तावेज नै लैजान थाले । पार्टीले उनलाई स्पष्टीकरण नै सोध्यो ।

एमाले प्रवेश गर्ने बाटो कुरेर बसेका उनी अन्ततः विभिन्न आरोप लगाउदै नेकपा एस परित्याग गरेको घोषणा गरेका छन् ।

विद्रोह गरेर बनाएको पार्टीलाई गम्भीर आरोप लगाउदै नेकपा एसको वरिष्ठ नेता हुनुभन्दा स्वाभिमानी नागरिक भएर बस्नु उचित हुने दाबी गरेका नेउपानेले नेकपा एसकै सम्मानित नेता झलनाथ खनालबारेसमेत गम्भीर टिप्पणी गरेका छन् । झलनाथलाई एमालेले सम्मानित स्थान दिए एमालेमा फर्किने उनको दाबी छ ।

नेकपा एसमा सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको उनको आरोप छ ।

नेता नेउपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक