१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सातै प्रदेशमा गठबन्धनबीच आलोपालोको सहमति भएको बालकृष्ण खाणको खुलासा

२६ चैत्र २०७९, आईतवार ०८:४९

चैत २६, जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गरेका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खाणले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताए । उपनिर्वाचनपछि सातवटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरू सहभागी हुने उनको भनाई थियो ।

मधेसमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव छन् । उनी बाराका हुन् । बारा २ मा उपनिर्वाचन हुन लागेको छ र जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

जसपाबाट बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बने । स्रोतका अनुसार उपराष्ट्रपति र बारा २ क्षेत्र जसपालाई छाड्न कांग्रेसले मधेसका मुख्यमन्त्री लिने ‘गोप्य सहमति’ भएको चर्चा छ । तर, कांग्रेस नेता खाणले आज मधेसकै राजधानी जनकपुरधाम आएर सबै प्रदेशको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताए । उनले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।

मधेसमा कांग्रेस दोस्रो ठूलो दल पनि हो । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले समेत मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताइसकेका छन् । कांग्रेस अहले मधेश सरकारमा सहभागी छैन ।

स्रोतका अनुसार जसपा र कांग्रेस नेतृत्व तहमा भएको सहमतिअनुसार अहिले नेतृत्व परिवर्तन गर्दा बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई असर पर्न सक्छ । त्यसैले उपनिर्वाचनपछि जसपाले मुख्यमन्त्री सरोज कुमार यादवलाई फिर्ता बोलाएर मधेसको नेतृत्व कांग्रेसलाई सुम्पिने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ