१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढाकाकुमारले रविलाई दिएनन् स्पष्टीकरण, राजीनामा दिने संकेत

२७ चैत्र २०७९, सोमबार ११:५५

चैत २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाईलिखित स्पष्टीकरण बुझाएका छैनन्। आज दिउँसो ३ बजेसम्ममा स्पष्टीकरण दिनुपर्नेमा उनले अहिलेसम्म नदिएका हुन् ।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद श्रेष्ठ विवादमा तानिएसँगै उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

श्रेष्ठनिकट स्रोतका अनुसार उनी पार्टीको सदस्यबाट राजीनामा दिने तयारीमा छन् । स्पष्टीकरण पत्रसहित राजीनामा पनि आउन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । छानबिनबाट आफू निर्दोष ठहरिन सक्ने सम्भावना कमजोर देखेर नै राजीनामा दिने मनस्थितिमा पुगेको बताइएको छ । यद्यपि, अन्तिम निर्णय लिइसकेका छैनन् ।

यता अनुशासन समितिले भने सार्वजनिक भएको अडिओलाई फरेन्सिक टेस्टका लागि पठाउने तयारी गरेको छ । संयोजक देवकोटाले यस विषयमा नेपाल प्रहरीसँग कुराकानी भइरहेको जानकारी दिए ।

रास्वपाको अनुशासन समितिले ढाकामाथि छानबिनका लागि तीन दिनको मात्रै समय पाएको छ । पार्टी सभापति रवि लामिछानेले हिजो चितवनमा भाषण गर्दै यदि ७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौती दिएका छन् । सभापतिको सो भाषणका कारण पनि समिति हतारमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु