2026-07-24 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढाकाकुमारले रविलाई दिएनन् स्पष्टीकरण, राजीनामा दिने संकेत

चैत २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाईलिखित स्पष्टीकरण बुझाएका छैनन्। आज दिउँसो ३ बजेसम्ममा स्पष्टीकरण दिनुपर्नेमा उनले अहिलेसम्म नदिएका हुन् ।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद श्रेष्ठ विवादमा तानिएसँगै उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

श्रेष्ठनिकट स्रोतका अनुसार उनी पार्टीको सदस्यबाट राजीनामा दिने तयारीमा छन् । स्पष्टीकरण पत्रसहित राजीनामा पनि आउन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । छानबिनबाट आफू निर्दोष ठहरिन सक्ने सम्भावना कमजोर देखेर नै राजीनामा दिने मनस्थितिमा पुगेको बताइएको छ । यद्यपि, अन्तिम निर्णय लिइसकेका छैनन् ।

यता अनुशासन समितिले भने सार्वजनिक भएको अडिओलाई फरेन्सिक टेस्टका लागि पठाउने तयारी गरेको छ । संयोजक देवकोटाले यस विषयमा नेपाल प्रहरीसँग कुराकानी भइरहेको जानकारी दिए ।

रास्वपाको अनुशासन समितिले ढाकामाथि छानबिनका लागि तीन दिनको मात्रै समय पाएको छ । पार्टी सभापति रवि लामिछानेले हिजो चितवनमा भाषण गर्दै यदि ७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौती दिएका छन् । सभापतिको सो भाषणका कारण पनि समिति हतारमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक