चैत २८, काठमाडौँ | चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौँ | चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । 

2026-07-26 09:12 PM
मनोरञ्जन

यसवर्ष १३२ फिल्म रिलिज : कबड्डी ४’ को कलेक्सन २२ करोड, अन्य फिल्मले कति कमाए? (सूचीसहित)

चैत २८, काठमाडौँ | चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । 

बोर्डले उपलब्ध गराएको विवरणअनुसार यस वर्ष नेपालमा नेपालीसहित १३२ वटा फिल्म रिलिज भएको बोर्डले जनाएको छ ।  विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । जेठमा प्रदर्शनमा आएको ‘कबड्डी ४’ फिल्मको ७ लाख ६६ हजार टिकट बिक्री भएको जनाइएको छ । 

त्यस्तै, दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्ममा ‘छक्कापञ्जा ४’ छ । फागुन तेस्रो साताबाट प्रदर्शनमा आएको फिल्मले १६ करोड ९४ लाख रुपैयाँ कलेक्सन गरेको बोर्डले जनाएको छ । 

त्यस्तै, तेस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्ममा ‘प्रेम गीत ३’ छ । असोजमा प्रदर्शनमा आएको यो फिल्मको नेपाली संस्करणले ७ करोड ७० लाख र हिन्दी संस्करणले २ करोड २७ लाख रुपैयाँ नेपालमा कलेक्सन गरेका छन् । 

त्यस्तै, कात्तिक दोस्रो साताबाट प्रदर्शनमा आएको ‘महापुरुष’ले ७ करोड ३८ लाख, असोज तेस्रो साताबाट प्रदर्शनमा आएको ‘२ नम्बरी’ले  ३ करोड ८४ लाख, फागुन पहिलो साताबाट प्रदर्शनमा आएको ‘फूलवारी’ले ३ करोड ५२ लाख ग्रस कलेक्सन गरेको बोर्डले जनाएको छ । 

यसैगरी भदौंमा रिलिज भएको ‘झिंगेदाउ’ले ३ करोड ४१ लाख, वैशाखमा प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले ३ करोड ३८ लाख, कात्तिक पहिलो साताबाट प्रदर्शनमा आएको ‘के घर के डेरा’ले २ करोड ६५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको विकास बोर्डको तथ्यांकमा उल्लेख छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली