१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई करोड घुस प्रस्ताव गरेका दुर्गा प्रसाईंलाई हुनसक्छ जेल सजाय

२९ चैत्र २०७९, बुधबार ०९:२४

चैत २९, काठमाडौँ | रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ घूस मागेको अडिओ प्रकरणमा घूस दिन खोज्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं र घूस लिन दुरुत्साहन गर्ने रवि लामिछानेको ‘कोर टिम’लाई पनि कारबाही हुने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग घूस मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। जसमा सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि दुई करोड बुझाउनुपर्ने बताउँदै व्यवसायी प्रसाईंसँग घूस मागेका थिए। व्यवसायी प्रसाईंले पनि दुई करोड दिने कबूल गरेका थिए।

भ्रष्टाचार निवारण ऐनमा घूस लिने-दिने वा त्यसमा मञ्जुरी गर्ने दुवैलाई कारबाही हुने प्रावधान छ। ऐनको दफा ३ को उपदफा ३ मा घूस रिसवत दिनेलाई लिनेसरह नै कारबाही हुने व्यवस्था गरिएको छ।

अडिओमा व्यवसायी प्रसाईंले आफ्नो काम गरिदिनुपर्ने शर्तमा सांसद श्रेष्ठलाई कबोल रकम दिन राजी भएको बताएका छन्। यसको अर्थ प्रसाईंले आफ्ना लागि कुनै नाजायज काम गराउने शर्तसहित घूस खोजेको देखिन्छ।

ऐनको दफा ३ को (झ) मा एक करोड रुपैयाँभन्दा बढी घूस रिसवत लिनेदिने वा लिनदिन मञ्जुरी गर्नेलाई आठ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। यस हिसाबले घूस दिन राजी हुने व्यवसायी प्रसाईं पनि कानूनी कारबाहीको दायरमा तानिन्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु