१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पैसाको डिल गरेको अडियो आएको हो, लेनदेन भएको छैनः रवि लामिछाने

३० चैत्र २०७९, बिहीबार ०५:४६

चैत ३०, तनहुँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका छन्। बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले घुसको लेनदेन भएको कहीँ कतै प्रमाणित नभएको बताएका हुन्।  

‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमूक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो,’ लामिछानेले भने। उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।  

‘त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौं। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौं, पद्धतीलाई हेरेर निर्णय गरेका हौं,’ लामिछानेले भने। लामिछानेले पार्टीमा रहेका सबैलाई राम्ररी चिन्न नसकिएको दोहोर्‍याए। 

‘एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर राजनीतिक दलले सही र लोकतान्त्रिक कदम लियो कि लिएन? भ्रष्टाचारलाई शून्य सहनशीलताको रुपमा लियो कि लिएन? गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्यो,’ उनले भने। 

लामिछानेले नेपालका राजनीतिक दलले ७० वर्षमा नगरेको अभ्यास र अनुभव ९ महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपरेको पनि बताए।

‘यसले भोग्नुपरेका समस्याहरु यसमाथि लगाइएका बारहरु सम्भवतः राजनीतिक दलहरुले ७० वर्षसम्म पनि पार गरेका छैनन् होला तर यी सबै घुम्तीहरुलाई हामीले पार गर्दै आयौं,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन