2026-07-26 09:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

देशभरका हलमा आक्रामक ‘जारी’, डेढ करोडभन्दा बढी ओपनिङको प्रक्षेपण

बैशाख १, काठमाडौँ | नयाँवर्षको अवसर पारेर रिलिज भएको दयाहाङ राई स्टारर फिल्म ‘जारी’ले आक्रामक अकुपेन्सीसहित ओपनिङ गर्ने संकेत देखिएको छ । शुक्रबार देशभरका हल लगभग शतप्रतिशत भरिएका छन् । मध्यान्ह १२ बजेसम्मको विवरणअनुसार कुल शोमध्ये ७० प्रतिशत सोल्डआउट भइसकेका छन् । ‘विन्डो सेल’को आधारमा बेलुकासम्म बाँकी पनि शतप्रतिशत हुने देखिएको छ ।

उपेन्द्र सुब्बा निर्देशित ‘जारी’मा दयाहाङ, मिरुना मगर र विजय बरालको शीर्ष भूमिका छ । फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा विद्यमान जारी प्रथा, विवाह संस्कृति र पारिवारिक कथावस्तु पेश गर्छ । अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्मले मौलिक सांस्कृतिक कथावस्तुमा सरल र रमाइलो कथा भन्छ ।

दुई घण्टा लामो फिल्मले घरेलु बक्स अफिसमा डेढ करोड रुपैयाँ हाराहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । शनिबार पनि आक्रामक कमाइ हुने स्पष्ट देखिएको छ । पूर्वी नेपालका सहरमा पहिलो सप्ताहन्तसम्मै सबै शो बिक्री भइसकेका छन् । धरानमा राति ११ बजेको शो राखिएको छ । पूर्वी नेपालका केही सहरमा हल हाउसफुल भएपछि अर्को सहरमा पुगेर फिल्म हेरेको केही दर्शकले बताएका छन् ।

काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्जसहितका ठूला सहरमा समेत फिल्मको अकुपेन्सी आक्रामक देखिएको निर्माताले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा यो फिल्म नेपाल रिलिज लगत्तै प्रदर्शनको तयारी भइरहेको छ । रिलिजको पूर्वसन्ध्यामा बिग मुभिजमा आयोजित प्रिमियर समारोहमा कास्ट एण्ड क्रिउ, सेलिब्रिटी लगायत उपस्थित रहे ।

दयाहाङकै अर्को फिल्म ‘बिहेपास’ पनि शुक्रबार नै प्रदर्शनमा आएको छ । विवाह र पारिवारिक कथावस्तुमा बनेको यो फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ पनि देखिएकी छन् । बिहेका लागि शीर्ष पात्रले गर्ने संघर्ष वरपर फिल्म घुमेको छ । प्रवेश पौडेल निर्देशित फिल्मले सन्तोषजनक ओपनिङ गर्ने देखिएको छ । ‘जारी’को ओपनिङको फाइदा ‘बिहेपास’लाई हुने अनुमान छ ।

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ पनि शुक्रबारदेखि रिलिज भएको छ । लक्ष्मण सुनार निर्देशित यो फिल्ममा सुरक्षासहित नरेन खड्काको शीर्ष भूमिका छ । दुई घण्टा लामो यो फिल्मले कर्णालीकी एक महिला निःसन्तान हुँदा प्राप्त गरेको कष्ट र उनले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । मध्यान्हसम्म ‘बुलाकी’को ओपनिङ अकुपेन्सी निकै कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली