२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

१ बैशाख २०८०, शुक्रबार ०८:२५

बैशाख १, बैतडी | केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो ।

प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताउनुभयो । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण  देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सङ्क्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन् । भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थाले हो ।”

नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमण दर पनि बढ्न थालेको जोशीले बताउनुभयो । उहाँका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ । भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।

यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै  स्वदेश भित्रिन दिइने गरिएको छ ।  परीक्षणपछि सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ ।  

सङ्मितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सङ्क्रमितलाई होम आइसोलेसनमा बस्ने भनेका छौँ, उनीहरुले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलने जोखिम बढेको छ ।”  

सङ्क्रमणको जोखिम बढेसँगै कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ ।   

सुदूरपश्चिममा हालसम्म छ लाख ५४  हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो