१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकीकृत समाजवादीले राज्यमन्त्रीमा चपाईंलाई पठाउने

३ बैशाख २०८०, आईतवार ०९:३३

बैशाख ३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको छ । राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ । ‘हाम्रो पार्टीको भागमा परेको भौतिक मन्त्रालयमा राज्यमन्त्री पनि पठाउने कुरा भएको छ । आजै नन्दाजीले शपथ लिने तयारी छ’, एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका नेता जगन्नाथ खतिवडाको भनाइ छ । प्रधानमन्त्रीले आठौं पटक आज मन्त्रीपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउद पनि परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण