१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

३ बैशाख २०८०, आईतवार ११:४०

बैशाख ३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेषा अदालतमा मुद्दा दायर गरेको छ ।

आरोपीहरूले बदनियत पूर्वक मिलेमतोमा अस्वाभाविक लागत अनुमान तयार गरेको र स्वीकृत सम्झौता विपरीत ट्रान्सफर्मर र जेनेरेटर स्वीकार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । आयोगले ९ जनासँग २ अर्ब ६९ करोड ४० लाखभन्दा बढी बिगो मागवादी लिएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आरोपीहरूले सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरेको भेटिएको छ ।

अख्तियारले केन्द्रका मेकानिकल सी.डी.ई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४७ लाख बिगो मागवादी लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रको प्रतिनिधिको रूपमा खटिएका पोखरेल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख बिगो मागवादी लिइएको छ । पोखरेल अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत छन् । आरोपीहरूले आवश्यकता नै नभएको बल्क फ्युल ट्यांक सिस्टम खरिद गरेर सरकारी रकम दुरुपयोग गरेको आयोगको ठहर छ । आयोगले शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता मित्रलाल पुरौलाई विपक्षी बनाएको छ ।

मनिकमान महर्जनसँग ३ करोड ४४ लाख बिगो मागवादी लिइएको छ । लेखा अधिकृत रामबहादुर बुढासँग १९ करोड ८८ लाख मागवादी लिइएको छ । लेखा अधिकृत बुढाले अहिले अवकाश पाइसकेका छन् । शाखा अधिकृत शिरीष उपाध्यायसँग ४० करोड १ लाख मागवादी लिइएको छ । आयोगले इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहित मान प्रधानसँग २३ करोड ४४ लाख मागवादी लिएको छ । भुवन महर्जनसँग ४३ करोड ५७ लाख मागवादी लिइएको छ ।

सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको आयोगका प्रवक्ता (सहसचिव) दाहालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स