2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रकाश सपुतको गीतको चर्चासँगै आलोचना सुरु

बैशाख ४, काठमाडौँ | गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक  गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ । सामाजिक सञ्जाल टिकटकमा गीत प्रयोग गरेर भिडियो बनाउने पनि थुप्रै छन् । गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई कसरी मानिसहरूले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्यदिन्छन् भन्ने देखाइएको छ । भिडियो पनि गायक सपुतले नै गरेका हुन् । 

भिडियोको प्रशंसासँगै आलोचना पनि सुरु भएको छ । गीतले महिलाको भावनामाथि खेलबाड गरेको आरोप लगाइएको छ । कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । वकिल तथा लेखक दुर्गा कार्कीले आफूले प्रकाश सपुतको गीत पुरै हेर्न नसकेको भन्दै आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो दिक्दारी गीतलाई पस्कन सपुतले प्रयोग गरेको कमजोर रुने प्रवृत्ति हो ।’

त्यस्तै सुस्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपुतले गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् । गीत कला क्षेत्रमा आफूलाई उभ्याउन सङ्घर्ष गरिरहेका छोरी चेली प्रहार भएको उनको भनाइ रहेको छ ।

गायक प्रकाश सपुतको गीत आलोचनामा परेको यो पहिलो होइन । यस अगाडि पनि उनले सार्वजनिक गरेको ‘पीर’ बोलको गीत आलोचनामा परेको थियो  । गीतमा उनले एक पूर्व महिला छापामारले काठमाडौँमा जीवन जिउनका लागि देह व्यापार गर्नुपरेको दृश्य समावेश गरेका थिए । जसको चर्को विरोधपछि गीतबाट उक्त दृश्य हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो