२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बिहे पास’ ले कस्तो पायो दर्शक ?

२०८०, ४ बैशाख सोमबार ०९:५८

बैशाख ४, काठमाडौँ | नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट देशभर प्रदर्शन आएको फिल्म हो ‘बिहे पास’ । श्रीमती तथा ससुरा फकाउन सरकारी जागिरको खोजीमा रहेका एक युवकको संघर्ष र प्रत्यत्नको कथामा निर्माण भएको फिल्मले राम्रै दर्शक पाउन सफल भएको निर्माता रोहित कट्टेल बताउँछन् ।  सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका विशाल पहाडी सरकारी अधिकृतमा छन् ।

फिल्मले सरकारी जागिरको कुरा मात्र होइन, नेपाली जनजीवनका विविध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी, कर्मचारीको घुस्याहा मनोवृत्ति, लोकसेवा पास गर्न आर्थिक चलखेल, प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न विविध हतकन्डा अप्नाउने डनगिरीलगायतका विविध बिषयलाई समेटेको भएकोले पनि फिल्म दर्शकले रुचाएको निर्माता कट्टेलको धारणा छ । 

फिल्म प्रवेश पौडेलले निर्देशन गरेका हुन् । फिल्मले रिलिजको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार आक्रामक ब्यवसाय गरेको र त्यसपछि पनि राम्रो ब्यवसाय गरिरहेको कार्यकारी निर्माता रत्न श्रेष्ठले बताए । उनले फिल्मको आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा रहेको सुनाए । फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेल, रुषा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामिछानको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति