२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भृकुटीमा पूर्व विद्यार्थी समाजले सांगीतिक कार्यक्रम गर्ने

८ आश्विन २०७३, शनिबार १२:४१

असोज ८, सुरुङ्गा । कनकाई नगरपालिका–७ स्थित भृकुटी मा.वि. दुर्गापुरका भूतपूर्व विद्यार्थीहरुको संगठन “पूर्व विद्यार्थी समाज” भृकुटी मा.वि.को आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ ।

समाजले शनिवार पत्रकार भेटघाटको आयोजना गरी सो कुराको जानकारी दिएको हो । राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथ विद्यालयमा अध्ययनरत विद्यार्थीको विकासमा टेवा पु¥याउने उद्देश्यले अक्षयकोष स्थापनार्थ आगामी ११ गते मंगलबारका दिन विद्यालयको प्राङ्गणमा दशै शुभकामना तथा सांगीतिक कार्यक्रम २०७३ को गरिन लागिएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजाराजेन्द्र पोखरेल, शिवशंकर रिजाल (जोगन्द्र पानवाला), सुरेन्द्र के.सी. (मुलाको साग), जितु नेपाल (मुन्दे्र), विल्सन विक्रम राई (तोक्मे बुढो) माण्डवी त्रिपाठी र सृजना रेग्मीको सहभागिता रहने समाजका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए । कार्यक्रममा स्थानीय क्षेत्रका विभिन्न सांगीतिक समूहका प्रस्तुति समेत रहनेछ । 

विद्यालयमा अध्ययनरत मेहेनती, विपन्न, सीमान्तकृत, दलित विद्यार्थीको हितका लागि थोरै भए पनि केही गर्न सकियोस् भन्ने लक्ष्यका साथ अक्षयकोष स्थापना गर्न सहयोग पुगोस्, संस्थाको परिचय स्थापित हुन सकोस् र आगामी २०७३ साल पुसको पहिलो साताबाट विद्यालय स्थापनाको ५० वर्ष पुगेकोमा स्वर्ण वर्ष विविध कार्यक्रम गरी मनाइदै छ, त्यसको पनि प्रचारप्रसार हुनसकोस् भन्ने उद्देश्यका साथ उक्त सांगीतिक कार्यक्रम आयोजना गरिएको सांगीतिक कार्यक्रम प्रचारप्रसार समितिका संयोजक तीर्थराज खरेलले बताए । 

विद्यालयका प्रधानाध्यापक अञ्जना सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष शिवहरि काफ्ले, सदस्य चन्द्रबहादुर बस्नेत, सल्लाहकार अमृत योङहाङ, प्रचारप्रसार समिति सदस्य जुनु थापा लगायतले पत्रकारका जिज्ञासाका उत्तर दिएका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव कुमारप्रसाद खरेलले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य