2026-07-25 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारी विद्यालयको गुणस्तर सुधार्न सांसद आरजुका ५ सुझाव

बैशाख ६, काठमाडौँ | गृहणी नेपाली कांग्रेसकी सांसद आरजु राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच उपाय सुझाएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको उल्लेख गर्दै सरकारलाई बिभिन्न उपाय सुझाएकी हुन् ।

१. विद्यालय व्यवस्थापन समितिमा सुधार ।

सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको सांसद आरजुको भनाइ छ । ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्छ’ उनको सुझाव छ ।

२. आधारभूत तहमा अंग्रेजी भाषा ।

अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने उनको सुझाव छ । कांग्रेस सांसद राणा भन्छिन्, ‘देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ।’

३. भर्नादर बढाऔं ।

विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि समाजका सबै पक्षले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

४. शिक्षामा तीन तहका सरकारको अधिकार स्पष्ट गरौं ।

शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निक्र्योल गरिनुपर्ने पनि उनको सुझाव छ । ‘यस(शिक्षा)बारे संघ प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गरिनुपर्छ’ तर, यसको विस्तृत व्याख्या उनले गरेकी छैनन् ।

५. शिक्षक र विद्यालयको मुल्याङ्कन गरौं ।

विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने उनको प्रस्ताव छ । विद्यालयको पठनपाठनको सन्दर्भमा समेत निरन्तर अनुगमन/मुल्याङ्कन हुन आवश्यक रहेको सांसद राणाको राय छ ।

‘नजिताको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्छ’ उनी अगाडि थप्छिन्, ‘एउटा स्कुल जसको शून्य नतिजा आयो त्यसको के हुन्छ त ? यसमा जनताले प्रश्न चिन्ह उठाइरहेका छन् ।’

धनगढीका १७ वटा विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरु बार्षिक परीक्षामा एक जना पनि पास हुन नसकेको उल्लेख गर्दै उनले जनताले प्रश्न उठाइरहेको भनी सरकार र सरोकारवालाको ध्यानाकर्षण गरेकी हुन् ।

धनगढीको १७ विद्यालयको कक्षा ८ को नतिजाले सरकारी विद्यालयको अवस्था झल्काएको उनको विश्लेषण छ ।

समग्रतामै सुधार आवश्यक

सरकारी विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न उपाय सुझाउदै कांग्रेसकी सांसद राणाले समग्रतामै सुधार आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

संविधानमा शिक्षालाई नैसर्गिक अधिकारको रुपमा स्थापित गरिएको भए पनि व्यवहारमा लागू गर्न धेरै नीति/नियमहरु बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारी विद्यालयको शिक्षा पुनरावलोकनका लागि सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई समेत आग्रह गरेकी छन् ।

‘सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनरावलोकनका लागि समामुख मार्फत नेपाल सरकारलाई निर्देशन गरिदिनहुन हार्दिक अनुरोध गर्दछ’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक