2026-07-25 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा लक्षित प्रचण्डको अभिव्यक्ति- खहरे खोला सुक्नेवाला छ, रुख हाम्रो साझा चिन्ह भइसक्यो

वैशाख ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै खहरे खोला सुक्ने टिप्पणी गरेका छन् ।

तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ, डरलाग्दोगरी आउँछ । तर, त्यो सुक्नेवाला छ । नदी गम्भीर ढंगले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलौं ।’

उनले कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसाल झैं खडा भएर शान्ति, संविधान र विकासको निम्ति उभिन आग्रह गरे ।

एमालेसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुँदा पनि आफूलाई चैन नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वाभाविक गठबन्धन यही भएको बताए ।

उनले अहिले संघदेखि प्रदेशसम्म गठबन्धनकै सरकार बन्ने अवस्था बनिसकेको बताए ।

उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने आश्वाससमेत उनले दिए । रुख चिन्ह कांग्रेसको मात्रै नभएर सबैको साझा भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक