२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विद्यालयको चुनाव हारेपछि प्रहरीमाथी आक्रमण

९ आश्विन २०७३, आईतवार ०३:२०


असोज ९, रामेछाप ।

विद्यालय व्यवस्थापन समितिको चुनावको बिषयलाई लिएर रामेछापको लखनपुरमा प्रहरीमाथी आक्रमणको प्रयास भएको छ ।कालीका माध्यामीक बिद्यालय लखनपुरको व्यवस्थापन समिति चयन गर्न शुक्रवार निर्वाचन भएको थियो । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा डम्वर बहादुर तामाङ, उद्धब ढुंगेल, रिता परियार र चन्द्रमाया थापा मगरको प्यानलले १ सय मतको अन्तरले हारेपछि उनिहरुले मदिरा सेवन गरी प्रहरीको भ्यानमा ढुंगा मुढा प्रहार गरेको श्रोतले जनाएको छ । 


बिद्यालय ब्यवस्थापन समितीमा मिन प्रसाद चौलागाई, झम्क बहादुर श्रेष्ठ, कमला कार्की र ईश्वरी गौतमको प्यानलले जितेपछि बिपक्षी प्यानलले प्रहरी माथी आक्रमण गरेको हो । प्रहरी माथी ढुंगामुढा प्रहार गर्ने लखनपुरका उद्धब ढुंगेल, अरुण चौलागाई र भिमसेन चौलागाईलाई गुन्सी र टोकरपुरबाट आएको संयुक्त प्रहरी टोलिले प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको छानबिन गरी कानुन बमोजिमको कारबाही गरिने प्रहरले जनाएको छ । शिक्षा ऐन अनुसार बिब्यस गठनको लागी अबिभावक बाट दुई महिला सहित चार जना चयन गर्नुपर्ने प्रावधान रहेको छ । अन्य सदस्यहरु मनोनित गरी अध्यक्ष छनौट गरी बिब्यसलाई पुर्णता दिईने बिद्यालयका प्रअ बिष्णु गौतमले जानकारी दिनुभयो ।

- निरोज श्रेष्ठको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य