
काठमाडौँ | नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार दुई खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाजबीच खेल हुनेछ ।
जनकपुर र लुम्बिनीबीचको खेल च्याम्पियनहरूको प्रतिस्पर्धा हो । जनकपुर पहिलो सिजन र लुम्बिनी दोस्रो सिजन विजेता बनेको थियो । जनकपुर दोस्रो सिजनमा पुछारमा रहेको थियो । लुम्बिनीले गत सिजनमा लगातार ६ खेल जितेर विजेता बनेको थियो भने यसपटक पनि गरी कुल ९ खेलमा अपराजित रहेको छ । लुम्बिनी अहिले ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउने छ । तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्ने छ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ ।
जनकपुरले पहिलो खेल जितेको खण्डमा र दोस्रो खेलमा काठमाडौँमाथि विजय हात पारेमा विराटनगर पनि शीर्ष स्थानमा पुग्ने सम्भावना रहेको छ । विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौँको २ खेलमा १ जित र १ हार रहेको छ ।