2026-11-05 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ

2026-11-05

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध