2026-11-05 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक १२.९५ अंकले घट्यो

2026-11-05

काठमाडौँ | बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म बजारले बढ्ने संकेत देखाएपनि त्यसपछि दिनभर बजार रातो अंकमा रह्यो । कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७२ करोडको भयो । ५६ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने १२ को स्थिर रह्यो ।

माइक्रो फाइनान्सबाहेक सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स जम्मा ०.०९ प्रतिशत बढ्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ तथा व्यापार ०.१४ प्रतिशत घटे । स्नो रिभर्सको २.८७, एसियन हाइड्रोपावरको २.७०, मेरो माइक्रोफाइनान्सको २.४२, भगवती हाइड्रोपावरको २.३८, आँखुखोला जलविद्युतको मूल्य २.३७ प्रतिशत बढ्यो ।

त्यस्तै चिरख्वा हाइड्रोपावरको ४.६१, हिमालयन रिइन्स्योरेन्सको ३.७५, उन्नति सहकार्य लघुवित्तको ३.६५, भुजुङ हाइड्रोपावरको ३.६५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपी पावर, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त तथा राधि विद्युत् क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध