
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोर्खाजले टस जितेर विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
काठमाडौँको कप्तानी करण केसीले गरिरहेका छन् भने विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गर्दै हुनुहुन्छ । यस सिजनमा काठमाडौँले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । कर्णाली याक्सलाई हराएको काठमाडौँ जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । विराटनगरले भने तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । चितवन र कर्णालीसँग पराजित विराटनगरले सुदूरपश्चिम रोयल्सलाई हराएको थियो ।
दुवै टोलीका लागि आजको खेल अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसरका रूपमा रहेको छ ।