१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र पाकिस्तानबिच उरि घटनापछि हुने भनिएको युद्धमा को कति शक्तिशाली ?

९ आश्विन २०७३, आईतवार ०३:५८

हेम चन्द्र राई -

असोज ३ गते बिहान ४:४५ मा कस्मिर क्षेत्रमा पर्ने उरिमा रहेको भारतिय सेनाको क्याम्पमा साङ्घातिक हमला भयो । जसमा १७ जना घटना स्थलमा र एक जना उपचारका क्रममा मारिए । आक्रमणकारी तिर भने ४ को मृत्यु भयो । उक्त मारिएका ४ बाट प्राप्त राईफल, गोलि, खोका, चक्लेटबाट पाकिस्तानी भएको भारतिय सेनाले पुष्ठि गरे ।

भारत र पाकिस्तान सारको दुबै शक्तिशाली मुलुक हुन् । उनीहरुको बीचमा शत्रुतापुर्ण सम्बन्ध धेरै लामो समयदेखी जारी रहेको छ । इन्डो पाकिस्तान बिच २२ अक्टोबर १९४७ बाट १ जनवारि १९४९ (१ बर्ष २ महिना १ हप्ता ३ दिनसम्म जारी) युद्धमा भारतीय १५०० र पाकिस्तानी ६००० को ज्यान गएको थियो । दोस्रो पटक इन्डो पाकिस्तान वार २३ अगस्ट १९६५ मा भएको युद्धमा ३००० भारतिय ३८०० पाकिस्तानीको ज्यान गएको थियो । तेस्रो पटक इन्डो पाकिस्तान बिच ३ डिसेम्बर देखि १० डिसेम्बर ( एक हप्ताको ) लडाइँमा २५००-३८४३ भारतिय र ९००० पाकिस्तानीको ज्यान गएको थियो । यसपछि पनि कार्गिल लडाइँ मे देखि जुलाई १९९९ भएको जसमा भारतको ५२७ मारिएका थिए भने ३५७-४५३ मारिएका पाकिस्तानी रेकर्ड रहेको छ । त्यस पछी पनि साधारण गोलि हानाहान, बम प्राहर, वाक युद्ध, दित युद्ध, घुसपैठ आक्रमण भने जारी नै रहेको छ ।

विशेष गरि कास्मिर क्षेत्रमा बिबादास्पद क्षेत्रको लागी भारत र पाकिस्तान बिच तिक्तता अझैसम्म जारि छ । अहिलेसम्मको लडाइँमा भारतले आफ्नो जित र पाकिस्तानको हार भएको जनाउदै आएकाछन । सिमा बिबादास्पद मुद्दालाई पाकिस्तानले सयुक्त रास्ट्रसंघ अन्य छिमेकी मुलुक चीन रुस, जापान, अमेरिका, टर्कीशीत पनि नराखेको होईन । उरि आक्रमण पछी भारतले पाकिस्तानलाई आतंकबादीको मुलुक भनेर  घोषणा गर्नुपर्ने अन्तर्राष्ट्रिय लबिङ समेत गरेको छ । अमेरिकाको साथ अहिले भारतलाई छ अमेरिकी दुई सासदले पाकिस्तानलाई आतंकबादीको मुलुक घोषणा गर्नुपर्ने भनेर ससदमा निवेदन समेत गरिसकेको छ । जुन निवेदनलाई तीन महिना पछी रास्ट्रपति ओबामाले जवाफ दिनेछन् । पाकिस्तान र रुस बिच हुने भनिएको सयुक्त सैनिक अभ्यास रुसीले उरि आक्रमण पछि रद्ध गरेको र अब पाकिस्तान अन्तर्राष्ट्रिय स्तरमा नै एक्लो भएको टिप्पणी एक हप्तामा नै रसियन आर्मी इस्लामावादमा आईपुगे । उनीहरुले पाकिस्तानी आर्मी र रसियन आर्मीको २०० जनाको संख्यामा सयुक्त अभ्यास हुने कुरा पाकिस्तानी सेनाले जनाएको छ ।

अब सबैलाई खिचोरहेको भारत र पाकिस्तान बिच युद्ध होला ? भन्ने बीचमा को कति शक्तिशाली छन त्यो सबैलाई खुल्दुली रहेको छ । भारत र पाकिस्तान दुबै दित आणविक हतियार रहेको छ । भारतमा ७९.८ प्रतिशत हिन्दु १४.२ प्रतिशत मुस्लिम छन भने पाकिस्तानमा ९६.४ प्रतिशत मुस्लिम समुदायको बाहुल्य रहेको छ । पाकिस्तान र भारतशीत ३,१९० किमि सिमा पर्दछ । भारतमा उरि काण्डबाट पाकिस्तानमा कार्वाही हुनुपर्छ भन्ने माग तिव्र जनतामा भएको भारतीय मिडिया पनि लागि परिरहेको समाचार बाहिर आएका छन तर पाकिस्तानले पनि आफू लडाइँ नहोमिने तर आफ्नो मुलुकमा आक्रमण हुँदा चुप नबस्ने जसको लागि भारतले श्रीगरनमा सैनिक शक्ति , हातहतियार जम्मा गरिरहेका छन भने पाकिस्तानले पनि भारतसिमा नजिक सबै अन्तर्राष्ट्रिय , आन्तरिक हवाई उडान रद्ध गर्नुको साथै इस्लामावाद आकाशमा फाईटर जेटहरु राती उडान भरेको मिडियामा जनाईएको छ । लडाइँ हुन्छ कि हुँदैन हुदा के कस्तो हुन्छ भन्ने कौतुहलता विश्वसामु तात्तातो बहस भैरहेको छ । कतिपय रक्षाविदले लडाइँ नहुन सक्छ मात्रै वाक युद्धमा सिमित हुनुपर्छ भन्ने जोड दिएका छन । भने भारतका रक्षा विशेषज्ञहरु जवाफी कार्वाही आवस्यक रहेको भन्दै मोदीसरकारलाई उक्साई रहेका पनि छन । सुरक्षाविदहरुले कतैबाट कार्वाही सुरु भयो भने तेस्रो विश्वयुद्धको संकेत भनेका छन । भारत एक्लै पाकिस्तानलाई हराउन सक्तैन र उसले अमेरिका लाई साथ लिएको छ तर पाकिस्तानमा हुने कार्वाहीमा चीन जस्तोसुकै सहयोग पाकिस्तानले प्रदान गर्ने वचन दिएको छ । यसमा नेपालले कस्तो बाधाहरु आउछन् र नेपालको यो लडाइ हुदाको अवस्थामा कस्तो बाटो अपनाउने भारतको सपोट वा पाकिस्तानको कि यो लडाइँमा नेपाल टथस्त रहेको होकि भन्ने कुरा पनि आउछ । तर राजनीतिरूपमा नेपाली कुनै पनि दिसामा नरहे पनि हाल नेपाली युवाहरू भारतीय गोर्खाज राईफल , रेजिमेन्ट फोर्समा १ लाख २५ हजार भन्दा धेरै रहेकोले नेपाललाई यो लडाइँ हुँदा क्षति नहोला भन्न सकिन्न । नेपाली युवाहरू सुगौली सन्धिबाट भारत, बेलायत, सिङ्गापुर पुलिसमा आकर्षक जागीरको लोभमा बहादुर कहलाएर लिन थालिएको थियो - 

भारत 
रास्ट्रपति : प्रणम मुखर्जी 
प्रधानमन्त्री : नगेन्द्र मोदी 
क्षेत्रफल : ३,२८७,२६३ बकिमी 
जनसंख्या : १२५,१६९,५८४ 
उपलब्ध जनशक्ति : ६१६,०००,०००
फिट फर सर्भिस : ४८९,६००,०००
आर्मी : १,३२५,०००
रिजर्भ आर्मी : २,१४३,०००
बार्षिक उत्पादन शक्ति : २२,९००,०००
सैन्य शक्ति विश्व रेङ्किङ : चौथो 
रक्षा बजेट बार्षिक : ५१.३ बिलियन युएस डलर

भारतसँग भएको स्थल सेना सिस्टम हातहतियार 

ट्याङ्क – ६४६४
आर्मी फाइटिङ भेहिकल ( AFVs) – ६७०४
टोयट आटिलरी – ७४१४
मल्टी लन्च रकेट सिस्टम ( MLRSs) – ९२२
सेल्फ प्रोपेलिड गन्स ( SPGs) strength – २९० 
आणविक हतियार – ९०-११० 
सुपरसोनिक क्रस मिसाइल – ब्रामोस( २९० किमि )
क्रस मिसाइल – निरभाय (१००० – २५०० किमि )
आर्मी स्यटेलाइट – ५ वटा 

भारतशीत भएको हवाईसेना सिस्टम 

जम्मा एअरक्राफ्ट – ९२३
फाईटर इन्टर्कोप्टेरस – ६७९
फिक्स विङ एट्याक एअरक्राफ्ट – ८०९
ट्रान्सपोर्ट एअरक्राफ्ट – ६५१
ट्रैनर एअरक्राफ्ट – ३१८
हेलिकप्टर – ६४६
एट्याक हेलिकप्टर – १९
सर्भिसकेबल एअरपोर्ट – ३४६
मिसाइल डिफेन्स सिस्टम – पृथ्वी एअर डिफेन्स 
इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ( ICBM) – अग्नि ५ ( ५,००० -८,००० किमि )
इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ( ICBM) – अग्नि ६ (७,००० – १०,००० किमि ) 

जलसेना नभल फोर्स सिस्टम 

एअरक्राफ्ट क्यारर – २
जम्मा नेभी स्ट्रेनथ -२९५
फ्रीगटेज्स – १४
डिस्ट्रोयर – १०
कर्भिटेज – २६
सबमरिन – १४
कोस्टल डिफेन्स क्राफ्ट – १३५
माइन वरफेयर – ६
मेजर पोर्ट – ७
मर्चेन्ट मरिन स्ट्रेग – ३४०

पाकिस्तानसँग भएको शक्ति 

रास्ट्रपति – ममनन हुसेन 
प्रधानमन्त्री – नजाव सरिक
क्षेत्रफल – ८८१,९१३ ( छतिसौ )
जनसंख्या – १९९,०८५,८४७ ( छैठो )( २०१५)
रक्षा बजेट – ७.६ बिलियन युएस डलर ( २५ औं )
सैन्य शक्तिमा विश्व रेन्क – १३ औं 
उपलब्ध जनशक्ति  – ९५,०००,०००
फिट फर सर्भिस – ७५,३२५,०००
आर्मी – ६२०,०००
रिजर्भ आर्मी – ५१३,०००
आणविक हतियार – १००-१२०
क्रस ब्यालेस्टिक मिसाइल  – साहेन ३ ( २,७५० किमि )

स्थल सेना सिस्टम पाकिस्तान 

ट्याङ्क – २९२४
आर्मी फाइटिङ भेहिकल ( AFVs)- २८२८
टोयट आटिलरी – ३२७८
मल्टीलन्च रकेट सिस्टम ( MLRSs)- १३४
सेल्फ प्रोपेलिड गन्स ( SPGs) strength – ४६५
क्रस मिसाइल – बाबुर ( ७०० किमि )

हवाइ सेना सिस्टम पाकिस्तान 

जम्मा एअरक्राफ्ट – ९२३
फाईटर इन्टरकोप्टरस – ३०४
फिक्स एइङ एट्याक एअरक्राफ्ट – ३९४
ट्रान्सपोर्ट  एअरक्राफ्ट – २६१
ट्रैनर एअरक्राफ्ट – २७०
हेलिकप्टर – ३०६
एट्याक हेलिकप्टर – ५२
सर्भिसकेबल एअरपोर्ट – १५१
फ्लाईट – ७३ 

जलसेना सिस्टम पाकिस्तान 

जम्मा नेभी स्ट्रेन्थ – १९७
फ्रीगटेस – १०
सबमरिन – ६
कास्टल डिफेन्स क्राफ्ट – १२
माईन वयरफेयर – ३ 
मेजर पोर्ट – २
मर्चेन्ट मरिन स्ट्रेग – ११

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक