2026-07-25 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल

2026-07-25

काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएकाले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदानबाट प्रेरणा लिएर आन्दोलनलाई पुनः जीवन्त बनाउन आवश्यक रहेको बताए।

उनले राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौतीको सामना गर्न, निरङ्कुश प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न र दृढ सङ्कल्पका साथ अघि बढ्न कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे । प्रचण्डले पुष्पलालका सहयोद्धाका रूपमा नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग सङ्घर्ष र कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनको योगदान नेपाली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी रहेको बताए।

उनले केही वर्ष मात्र सक्रिय हुनु वा त्याग गर्नु ठूलो कुरा नभएको उल्लेख गर्दै जीवनभर विचार, निष्ठा र उद्देश्यप्रति प्रतिबद्ध रहनु नै वास्तविक क्रान्तिकारीको विशेषता भएको धारणा राखे। नरबहादुर कर्माचार्यले अन्तिम समयसम्म आफ्नो राजनीतिक आदर्श र क्रान्तिकारी मार्गमा अडिग रहेर उदाहरण प्रस्तुत गरेको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ