२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

‘सिकलसेल एनिमिया’रोगका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

२०८०, १६ बैशाख शनिबार ०८:०५

बैशाख १६, काठमाडौँ | आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ ।  

संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताउनुभएको हो । 

अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राख्नुभएको थियो । आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकअर्कामा जोडिएको भन्दै उहाँले आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पक्ष राष्ट्र रहेको भन्दै महासन्धि नम्बर एक सय ६९ अनुरूप संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आदिवासीको अधिकारको प्रवद्र्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित