काठमाडौं, असोज ९/  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, असोज ९/ 
2026-09-18 10:06 PM
काठमाडौँ - KTM

दामोदरको ‘कर्म’ शनिबारदेखि बजारमा आउने

असोज ९, काठमाडौं | कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले दोस्रो कृति ल्याउने भएका छन् । बालबालिकाको विषयमा गहन खोजी गरेर तयार पारिएको उनको पुस्तक कर्म (सिकाइमा गहिरिएको खाडल) यही शनिबारदेखि बजारमा आउन लागेको प्रकाशक स्वदेश प्रकाशनले जानकारी दिएको छ । 

पुस्तकमा न्यौपानेले बालबालिकाका चौतर्फी विकासका लागि के भइरहेको छ भनेर खोजी गरेका छन् । 

खेलकुद, मनोरञ्जन जस्ता अतिरिक्ति क्रियाकलाप बालबालिकालाई उपलब्ध गराउनु पर्छ । शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा धनी वर्ग र कमजोर बर्गको बालबालिकाको अवस्था कस्तो छ भनेर यो पुस्तकमा देखाइएको छ । 

कोही सम्पन्न घरपरिवारका बालबालिकाको सिकाइ कस्तो छ र कमजोर आर्थिक अवस्था भएका बालबालिकाको सिकाइको अवस्था कस्तो छ भनेर पुस्तकमा मिहिन ढंगले उठाइएको प्रकाशकले जनाएका छन् । 

गाउँ र सहरका सरकारी स्कुलबीच शिक्षामा भिन्नता छ । गाउँका स्कुल गरिब पढ्ने स्कुलमा परिणत हुँदै गएको र सहरको सरकारी स्कुल श्रमिक पढ्ने स्कुलमा परिणत हुँदै गएको निष्कर्ष लेखकले निकालेका छन् । 

यो पुस्तकले बालमनोविज्ञान बुझेर व्यवहार गर्न अभिवाकललाई सहयोग गर्छ । कुन ठाउँमा के कमजोरी रहेछ भनेर पत्ता लगाएर त्यही अनुसार योजना तर्जुमा गर्न नीति निर्माण तहमा झक्झकउने प्रकाशकले दाबी गरेका छन् । 

लेखक न्यौपानेले कान्तिपुर दैनिकको साप्ताहिक बालकोसेली कोपिलाको संयोजक हुँदा बालबालिका क्षेत्रमा गरेको अध्ययनका आधारमा यो पुस्तक तयार भएको हो । 

बालबालिका बीच जाने, खोज्ने र लेख्ने प्रवृत्ति कम भएकोले बालबालिका बीचमा गएर उनीहरुको विषयमा र उनीहरुसँग कुराकानी गरेर तयार पारिएकाले नेपाली पुस्तक बजारमा यो नयाँ किसिमको पुस्तक भएको प्रकाशकले दाबी गरेका छन् । 

न्यौपानेको पहिलो कृति एम्बुसमा ६ वर्ष चर्चित छ । शसस्त्र युद्धको बेलामा माओवादी र राज्यपक्षबाट गरिएका ज्यादतीका घटनालाई यो पुस्तकमा निर्भिक ढंगले उठाइएको छ ।

युद्धको बेलामा नेपाली समाजमा परेको विविध आयामलाई यो पुस्तकले सम्वोधन गरेको छ । युद्धको बेला निर्भिक कलम चलाएका न्यौपाने अन्तराष्ट्रिय प्रेस इन्टिच्युट र फ्रिडम फोरमबाट साहसी संवाददाता सम्मान, पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारीता पुरस्कार लगायत दर्जनौं सम्मान पुरस्कार पाएका छन् । 

न्यौपाने खासरी द्धन्द्ध, सामाजिक, सांस्कृतिक, शिक्षा, बालबालिका लगायत क्षेत्रमा दख्खल राख्छन् । एम्बुसमा ६ वर्षमा पनि युद्धले बालबालिकामा कस्तो प्रभाव पर्यो भनेर मिहिन ढंगले उठाइएको छ । युद्धको बेलामा पहिलो सहिद नै बालक भएका थिए । 

गोरखाका दिलबहादुर रम्तेलाई माओवादीले उसको पार्टीको पहिलो सहिद मान्दै आएको छ । बालबालिकाको विषयमा मिहिन ढंगले लेख्दै आएका न्यौपानेको कर्मले पनि बालबालिकाको क्षेत्रमा नयाँ बहस सिर्जना गरिदिने प्रकाशकको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई