बैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सक्रिय राजनीतिमा लाग्ने कुरा पर्ख र हेरमै छ : राजेश हमाल

१७ बैशाख २०८०, आईतवार १२:०९

बैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने । आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई जनताको चाहनाअनुसार चल्न पनि सुझाव दिए ।

‘डेलिभरी’ हुने जनअपेक्षाका कारण नयाँ दलको उदाएको हमालको तर्क छ । ‘बाहिरबाट हेर्दा जनताले व्यक्तिलाई चाहेजस्तो देखिन्छ तर त्यसो होइन । व्यक्ति नेताको भाषण सुन्न जाने होइन । व्यक्तिको मुखबाट हाम्रो कुरा सुन्न आउँछ कि आउँदैन भनेर हो,’ उनले भने ।

हमालले कलाकारको रुपमा जनताले राजेश हमाललाई हेर्न आएको भ्रममा आफू नरहेको समेत बताए । ‘जनताले मलाई हेर्न होइन, मरुपी राजेश हमालबाट अपेक्षा गरेको मनोरञ्जन निस्कन्छ कि भनेर हो । मनोरञ्जन क्षेत्रमा लागेका पब्लिक फिगर कहिल्यै पनि भ्रममा नपरौं,’ उनले भने, ‘जनताले व्यक्तिलाई होइन, उक्त व्यक्तिबाट आफ्ना कुरा सम्बोधन हुन्छ कि हुँदैन भनेर हो ।’

राजनीतिज्ञ र कलाकार हरेक समय सान्दर्भिक हुनुपर्ने उनले बताए । ‘मैले कलाकारिता गर्दा सोचिनँ कि राजेश हमाललाई नै हेर्न आएको हो । यो भ्रममा म कहिल्यै परिनँ । उहाँहरुले मबाट राख्ने अपेक्षालाई हेर्न आउनुभएको हो । त्यो सफल भयो भने उहाँहरुको नजरमा म सान्दर्भिक रहन्छु । जुन दिन डेलिभर गर्न सक्दिन, म सान्दर्भिक रहँदिन,’ उनले भने ।

हरेक कालखण्डमा नयाँ दल आउने र जाने भइरहेको उदाहरण प्रस्तुत गर्दै उनले समयसापेक्ष रुपमा सान्दर्भिक हुने मात्र टिक्न समेत बताए । ‘२००७ सालदेखि नै पुराना र नयाँ दल आउने जाने क्रम जारी छ । हालैका चुनावबाट उदाएका दललाई लिएर म पर्ख र हेरको मुडमा छु,’ उनले भने, ‘राजनीति अटोपाइलटमा हुनुपर्छ, म्यानुअलमा होइन ।’

उनले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रुपमा समेत राजनीति गर्ने बताए । ‘दर्शकले चाहनुभयो भने सक्रिय राजनीतिमा आउँछु,’ उनले भने, ‘गरें भने स्वतन्त्र रुपमा राजनीति गर्छु ।’ पछिल्लो स्थानीय निकायको चुनावमा हमालले आगामी पाँच वर्षमा आफू सक्रिय राजनीतिमा लाग्न सक्ने संकेत गरेका थिए ।

सन्तानको योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘मधु (पत्नी) र मेरै सल्लाहअनुसार चलेको छ यो कुरा । चाहेको बेला एउटा फुटबल टिम पनि तयार हुनसक्छ । जे भइरहेको छ हाम्रै सल्लाहमा भइरहेको छ ।’ -अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की