१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पञ्चायतकालको प्रशंसा गर्दै पूर्वराजाले भने–६४ वर्षपूर्वको चेतनाको खाँचो झल्कियो

२० बैशाख २०८०, बुधबार ११:४०

बैशाख २०, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् । नेपालगन्जमा बुधवार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रो प्रकृति, श्रमशक्ति र बुद्धि गरिब नभए पनि गरिबी भने नियति बनेको बताए ।

उनले दुई छाक खान र एक धरो लगाउन धेरैलाई धौधौ परिरहेको बताए । ‘हाम्रा विकसित सहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन्– त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण बिदेसिन बाध्य छन् ।’

उनले पुरुष, महिला, जाँगरिलो युवा, अनुभवी बुढाबुढी सबै जुट्नु पर्ने खाँचो औँल्याउँदै भनेका छन्, ‘अब म भन्छु – अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

पूर्वराजा शाहले विक्रम सम्बतको २०१० को दशकदेखि ४० को दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविष्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रक्रियाका कामहरू भएको पनि उल्लेख गरेका छन् ।

‘महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा सहरी विकास – शिक्षा तथा स्वास्थ्य केन्द्रको स्थापना, मुलुकी ऐन, भूमि सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन्,’ उनले भनेका छन्, ‘सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यतादेखि लिएर असंलग्न आन्दोलनको सक्रिय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि यसै अवधिमा भएको हो ।’

तर पछि ती पूर्वाधार र औद्योगिक आधारले निश्चित आकार लिन नसकेको उनको भनाइ छ । ‘भए गरेका संरचना भत्काउँदै जाने, रूपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ । त्यसैले ६४ वर्ष पूर्वको चेतनाको त्यो झिल्को कताकता अहिलेको खाँचो झै झल्किरहेको छ ।’

उल्लेखनीय छ, पूर्वराजा ज्ञानेन्द्रले विकासका लहरका रुपमा व्याख्या गरेको उक्त समयको अधिकांश हिस्सा पञ्चायतकालको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण