2026-10-10 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो?

काठमाडौँ | ‘भूल भुलैया ३’ कार्तिक आर्यनको अहिलेसम्मको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । अनीस बज्मीको निर्देशनमा तयार गरिएको यो फिल्मले हरर र कमेडीको संयोजनमार्फत बक्स अफिसमा नयाँ इतिहास रच्दैछ।

फिल्ममा कार्तिक आर्यनको रुह बाबा पात्र र मञ्जुलिकाको कथा दर्शकलाई बाँधेर राख्न सफल भएको छ। रिलिज भएको २७ दिन बितिसक्दा पनि हलमा दर्शकको भिड घटेको छैन।


१५० करोड भारुको बजेटमा बनेको फिल्मले पहिलो हप्तामै १५८ करोड २५ लाख भारु कमाएर लगानी उठाइसकेको थियो। दोस्रो हप्तामा फिल्मले ५८ करोड भारु र तेस्रो हप्तामा २३ करोड ३५ लाख भारुको व्यापार गर्यो। २७ औं दिनमा १ करोड भारुको आम्दानी गर्दै फिल्मको कुल कमाई २५० करोड १० लाख भारु पुगेको छ।

यसअघि कार्तिकको सर्वाधिक कमाउने फिल्म ‘भूल भुलैया २’ थियो, जसले १८५ करोड ९० लाख भारु कमाएको थियो।

माधुरी दीक्षित, विद्या बालन, र तृप्ति डिमरीको मुख्य भूमिकाले फिल्मलाई थप बलियो बनाएको छ। हलुका हास्य, डरलाग्दा दृश्यहरू, र रोचक ट्विस्टले दर्शकलाई बोर हुन दिएको छैन।

‘भूल भुलैया’ सिरिज बलिउडको सफल फ्रन्चाइजी रहँदै आएको छ। ‘भूल भुलैया ३’ ले पनि यो परम्परालाई निरन्तरता दिँदै, कार्तिक आर्यनको उत्कृष्ट अभिनय र उनको बढ्दो स्टार पावरले फिल्मलाई अझै उचाइमा पुर्‍याएको छ।

भारतीय सञ्चारमाध्यमहरूले यो फिल्मलाई हास्य र थ्रिलरको उत्कृष्ट मिश्रण भएको र दर्शकलाई हलसम्म तान्न सफल भएको विश्लेषण गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने