१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शेखर-गगन समूहको माग पूरा भएन, आठमध्ये ६ मन्त्री देउवा निकटकै

२० बैशाख २०८०, बुधबार १२:२६

बैशाख २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट ८ जना मन्त्री बनेका छन् । सत्ता गठबन्धन दलबीचको सहमतिअनुसार कांग्रेसबाट प्रचण्ड सरकारमा आठ मन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट आज धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेसँगै आठ मन्त्री पुगेको हो । उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा मन्त्री बनेर सरकारमा कांग्रेसको नेतृत्व गरेका छन् ।

इतर समूहले तीन मन्त्री नपाए सरकारमा नजाने अडान राखेपछि कांग्रेसबाट मन्त्री पठाउँन ढिलाई भएको थियो। शेखर कोइराला र गगन थापा समूहले तीन मन्त्रालय नपाएर सरकारमा नजाने अडान लिएपछि देउवाले पार्टीभित्रै व्यवस्थापनमा समस्या परेको थियो ।

तर, कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बू शेखर–गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् । कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।

उपप्रधानन्त्री खड्कासहित अर्थ मन्त्री प्रकाशशरण महत, परराष्ट्रमा एनपी साउद, उद्योगमा रमेश रिजाल, सिता गुरुङ सहरी विकास बनेका थिए । योसँगै देउवाले आफू निकटका ६ जना मन्त्री बनाउँदा इतर समूहलाई दुई मन्त्रालय मात्रै दिएका छन् ।

यस्तै, दुई मन्त्रालय भागमा परेको जसपाले शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएपनि वन तथा वातावरण अझै खाली छ । जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय पनि प्रधानमन्त्रीको काँधमा छ। नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण