Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शेखर-गगन समूहको माग पूरा भएन, आठमध्ये ६ मन्त्री देउवा निकटकै

२०८०, २० बैशाख बुधबार १२:२६

बैशाख २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट ८ जना मन्त्री बनेका छन् । सत्ता गठबन्धन दलबीचको सहमतिअनुसार कांग्रेसबाट प्रचण्ड सरकारमा आठ मन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट आज धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेसँगै आठ मन्त्री पुगेको हो । उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा मन्त्री बनेर सरकारमा कांग्रेसको नेतृत्व गरेका छन् ।

इतर समूहले तीन मन्त्री नपाए सरकारमा नजाने अडान राखेपछि कांग्रेसबाट मन्त्री पठाउँन ढिलाई भएको थियो। शेखर कोइराला र गगन थापा समूहले तीन मन्त्रालय नपाएर सरकारमा नजाने अडान लिएपछि देउवाले पार्टीभित्रै व्यवस्थापनमा समस्या परेको थियो ।

तर, कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बू शेखर–गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् । कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।

उपप्रधानन्त्री खड्कासहित अर्थ मन्त्री प्रकाशशरण महत, परराष्ट्रमा एनपी साउद, उद्योगमा रमेश रिजाल, सिता गुरुङ सहरी विकास बनेका थिए । योसँगै देउवाले आफू निकटका ६ जना मन्त्री बनाउँदा इतर समूहलाई दुई मन्त्रालय मात्रै दिएका छन् ।

यस्तै, दुई मन्त्रालय भागमा परेको जसपाले शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएपनि वन तथा वातावरण अझै खाली छ । जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय पनि प्रधानमन्त्रीको काँधमा छ। नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ