९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गाडी, चालक र पीएसओ काठमाडौंमा, तर भेटिँदैनन् एमाले सचिव टोपबहादुर!

२२ बैशाख २०८०, शुक्रबार ०८:०४

बैशाख २२, काठमाडौँ | नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन छन्।

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएका बेला रायमाझी बुधबार अर्चाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेका थिए। उनी कार्यक्रममै रहेको बेला पक्राउ पूर्जी जारी भएको विषय सार्वजनिक भएको थियो। त्यसपछि रायमाझीले कानुनलाई सहयोग गर्ने बताएका थिए। 

पक्राउ पूर्जी जारी भएको, रायमाझीले ‘कानुनलाई सहयोग गर्छु’ भनेनको ३ दिन बित्न लाग्दा पनि उनी सम्पर्कविहीन छन्। अर्घाखाँचीबाट उनी कार्यक्रम सकेर बुधबार राति नै काठमाडौं आउने तयारीमा थिए। प्लेनमार्फत् काठमाडौं आउने भन्दै उनी आफ्नै गाडीमा भैरहवासम्म पुगेका थिए। तर त्यसपछि भने प्लेनको टिकट रद्द गरेर उनी सम्पर्कविहीन भए। प्रहरी अनुसन्धान अधिकारीका अनुसार रायमाझीको फोन बुधबार रातिसम्म सक्रिय (अन) थियो। अन्तिम लोकेशन पनि भैरहवा नै देखिएको थियो। त्यसपछि भने उनी सम्पर्कबिहिन भएको पाइएको छ। 

उनको खोजी भइरहे पनि अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रमुख दानबहादुर कार्कीको भनाइ छ। ‘उहाँ (रायमाझी) को खोजी भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन,’ एसएसपी कार्कीले भने। 

मोबाइल अफ गरेर सम्पर्कबिहिन भएपछि रायमाझीका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) सँग सम्पर्क गरेर पक्राउ गर्ने तयारी गरेको थियो। तर रायमाझीका पीएसओ भने अर्घाखाँची नगइ काठमाडौंमै रहेको खुलेको थियो। ‘दुई दिनको कार्यक्रम हो। जानु पर्दैन भनेर रायमाझीले भनेपछि पीएसओ अर्घाखाँची नगएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो।

भैरहवासम्म अन्तिम लोकेसन देखिएपछि प्रहरीले भैरहवामा पनि खोजी गरेको थियो। सो क्रममा उनको गाडी फेला परे पनि उनी भने फेला परेनन्। रायमाझीको गाडी बिहीबार काठमाडौंतर्फ आएको भन्ने सूचना आएपछि परिसर काठमाडौंको टोली खोजीमा जुटेको थियो। सो क्रममा गाडी र चालक रायमाझीको घरमा आइपुगे पनि उनी भने फेला नपरेको प्रहरी स्रोतले जानकारी दियो। 

‘रायमाझीको गाडी आएको भन्ने सूचना आएपछि हामीले खोजी गर्दा चालकले गाडी लिएर आएको भेटिए पनि उहाँ भेटिनु भएन,’ प्रहरी स्रोतले भन्यो। 

बिहीबार राति अबेरसम्म खोजी खोजी भए पनि उनी फेला परेनन्। त्यसअघि बिहीबार रायमाझी आफैंले प्रहरीलाई फोन गरेर आफैं प्रहरी कार्यालय उपस्थित हुने बताएका थिए। ‘पूवमन्त्री, एमालेको सचिव र सांसद जस्तो व्यक्ति उपस्थित भाइहाल्लान् भनेर अरु धेरै सोच्ने कुरा पनि भएन। त्यहाँमाथि उहाँ आफैंले उपस्थित हुन्छु भनेपछि विश्वास पनि गरियो। तर पछि उहाँ सम्पर्कबिहिन हुनुभयो,’ परिसरका एक प्रहरी अधिकारी भन्छन्।

रायमाझी अहिलेसम्म पक्राउ नपर्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार भएको भेटपछिको विकसित घटना हुनसक्ने पनि विश्लेषण गरिएको छ। 

प्रधानमन्त्री कार्यालयले औपचारिक रुपमा ‘नीति तथा कार्यक्रमका साथै बजेटमाथि छलफलका लागि ओलिसँग भेट भएको’ बताएको छ। तर, एमाले अध्यक्ष ओलीले सांसद रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यमय भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन्।

यस विषयमा आफूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको समेत ओलीले बताएका छन्। 

आरोपितमध्येका एक सानु भण्डारीले चैत १३ गते दिएको बयानमा लिएको नाम सरकारी वकिलको कार्यालयले टिप्न नमानेको विषय उठान गर्न ओली प्रचण्डकहाँ गरेको स्रोतको दाबी छ। सत्ता पक्षका केही नेता र उनीहरूका छोराहरुको नाम पनि त्यो बयानमा परेको एमालेको दाबी छ।

रायमाझी फरार भए पनि उनका छोरा सन्दीपलाई भने प्रहरीले रुपन्देहीबाटै पक्राउ थियो। सन्दीपविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पहिलो चरणमा ३ दिनलाई थुनामा राख्न अनुमति दिएको छ। 

यसअघिनेपाल सरकारका सचिव तथा हाल उपराष्ट्रपति कार्यलयमा रहेका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिएको थियो। उनलाई अहिले सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ।  

पाण्डे गृहसचिव रहेका बेला यो ठगी गिरोहका नाइकेहरुसँग कनेक्सन देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। 

त्यसअघि एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पनि पक्राउ परेका थिए। ललितपुरको ठेचोस्थित घरबाटै राईलाई प्रहरीले पक्राउ गरिएको थियो।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा, सचिव टेकनारायण पाण्डे, बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।

यही प्रकरणमा एमाले नेता रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। उनीहरु भने अहिलेसम्म फरार छन्। 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए। 

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभइ नेपाली नागरिक रहेको खुलेको थियो। नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै