2026-07-24 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निलम्बन फुकुवापछि मेसी प्रशिक्षणमा फर्किए

वैशाख २५, काठमाडौँ | अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्केका छन् ।

क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै फ्रेन्च च्याम्पियन पीएसजीले मेस्सीलाई गत बुधबार दुई साताको लागि निलम्बन गरेको थियो ।

तर अर्जेन्टाइन कप्तान मेस्सीले भ्रमणको लागि क्लब र टिममेटसँग माफी मागेपछि उनको निलम्बन फुकुवा भएको डेली मेलले जनाएको छ । पीएसजीले सोमबार बिहान मेस्सी प्रशिक्षणमा पर्केको भन्दै फोटो पोस्ट गरेको छ ।

पीएसजीले विश्व विजेता मेस्सीलाई दुई साताको निलम्बन सहित पारिश्रमिकमा समेत केही कटौती गरेको थियो ।

तर मेस्सी सोमबार मैदान फर्किएका हुन् ।

निलम्बनका कारण मेसीले आइतबार लिग वानमा ट्रोय विरुद्धको ३-१ को जित हात पारेको खेल गुमाएका थिए ।

अब भने मेसीले आगामी शनिवार अजासियो विरुद्ध घरेलु मैदानमा खेल्न सक्ने छन् । हाल पीएसजी लिग वानमा दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाउँदै उपाधि होडमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक