२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रिम्पोछे निर्देशित ‘डाकिनी’ प्रदर्शन तय

२६ बैशाख २०८०, मंगलवार ०७:३८

वैशाख २६, काठमाडौं | अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ । 

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै आधारित रहेर तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ । षट्कोण आर्टसका नेपाली निर्माताहरु रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीले यसलाई नेपाल प्रदर्शन गर्न लाग्नुभएको हो । 

बौद्ध धर्मका ठूला गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चलचित्रलाई निर्देशन गर्नुभएको हो । यो उहाँ निर्देशित पाँचौँ चलचित्र हो । ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायाङ्कन पनौती र पाटनमा भएको थियो । 

चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतले अभिनय गर्नुभएको छ । बौद्ध धर्मबारे प्रवचन दिएर चर्चामा रहनुभएको निर्देशक रिम्पोछेले सन् १९९९ मा पहिलो चलचित्र ‘द कप’ निर्देशन गर्नुभएको  थियो । विश्वभरको प्रख्यात अवार्ड एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क ली पिङ बिङले चलचित्रलाई छायाङ्कन गर्नुभएको छ । 

“गुरुको नेपाल आगमनलाई केन्द्रित गर्दै प्रदर्शन तय गरेका हौँ । यो चलचित्र निर्माण गर्न पाउनु हाम्रो लागि अवसर थियो”, निर्माता बानियाँले भन्नुभयो, “विश्व प्रख्यात निर्देशक र छायाकारसँग काम गर्दा धेरै तथ्य सिक्न पाएका छौँ । विश्वका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेको यस चलचित्रले नेपालको विविधतलाई पनि देखाउन सफल भएको छ ।” उहाँले यो काठमाडौँमै सीमित चलचित्र भवनमा मात्र प्रदर्शन हुने जानकारी दिनुभयो । 

काठमाडौँमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्र कथा बगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो