2026-07-24 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेशमलाई छुटाउन ऐन संशोधनको तयारी

वैशाख २६, काठमाडौं | एक दुधेबालक र सुरक्षाकर्मीसहित आठ जनालाई एकै चिहान पारिएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई छुटाउने तयारी भएको छ । अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका चौधरीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिने तयारी सरकारले गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी छुटाउन सरकारले कानुन नै संशोधन गर्ने भएको छ । हाल सत्ता साझेदार रहेको नागरिक उन्मुक्तिकै दबाबमा विधेयक अघि बढेको छ ।

रेशम पत्नी रञ्जिता श्रेष्ठ हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । सरकारलाई समर्थन गर्ने बेलामै रेशमलाई छुटाउने शर्त श्रेष्ठले राखेकी थिइन ।

कानुन मन्त्रालय स्रोतका अनुसार सरकारले चौधरीलाई छुटाउन सहज हुने गरी चाँडै संसदमा संशोधन विधेयक दर्ता गर्दै छ । गत वैशाख १९ गते नै मन्त्रिपरिषद् बैठकले ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक’ संसदमा लैजाने निर्णय गरिसकेको छ  । एसएसपीलगायत प्रहरीको क्रुर हत्यामा संलग्नलाई छाड्ने सरकारको तयारीमा मानवअधिकारवादी, नागरिक समाज र प्रहरी भित्रैबाट असहमति प्रकट भएका छन् ।

आन्दोलनका नाममा सुनियोजित र षड्यन्त्रपूर्ण ढंगले प्रहरीकै हत्या गर्न उद्दत संगठन वा व्यक्तिलाई उन्मुक्ति दिँदा सुरक्षाकर्मीको मनोबल खस्कने चिन्ता अधिकारीहरूको छ ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि चौधरीलाई छुटाउन अध्यादेश नै ल्याएको थियो । तर, चौतर्फी विरोध भएपछि कार्यान्वयनमा आएको थिएन ।

देउवाले अध्यादेशमार्फत ल्याएको प्रावधान हुबहु राखेर विधेयक संसदमा लैजाने गृहकार्य सरकारले थालिएको छ ।

मौजुदा मुलुकी फौजदारी अपराध संहिताले नकारात्मक र सकारात्मक सूचीका मुद्दाहरू छुट्याएको छ । सकारात्मक सूचीमा रहेका मुद्दाहरू सामान्य प्रकृतिका हुन् । यस्ता मुद्दाहरू अहिले पनि अदालतको सहमतिमा फिर्ता लिन सकिने कानुनी प्रावधान छ ।

तर, नकारात्मक सूचीका मुद्दा गम्भीर फैजदारी प्रकृतिका भएकाले फिर्ता लिने छुट छैन । ‘अमानवीय तवरले नियन्त्रणमा लिई ज्यान मारेकोे’ कसुर अन्तर्गत चौधरीको मुद्दा नकारात्मक सूचीमा पर्छ  । चौधरीविरुद्धको मुद्दा फिर्ता लिन सहज हुने गरी ‘राजनीतिक प्रकृतिका मुद्दा भने फिर्ता गर्न सकिनेछ’ भन्ने प्रावधान संशोधिक विधेयकमा जोडिएको छ ।

विधेयकमा नकारात्मक सूचीको मुद्दालाई फिर्ता लिन राजनीतिक प्रकृतिको घटना बनाउन खोजिएको स्रोतको दाबी छ ।

टीकापुर हत्या प्रकरणको मुद्दामा चौधरी जिल्ला अदालत र उच्च अदालतबाट दोषी करार भइसकेका छन् । जिल्ला अदालत कैलालीले ०७५ जेठमा चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्ष कैद र एकजनालाई तीन महिना कैदको सजाय सुनाएको थियो ।

उच्च अदालत दिपायलले चौधरीविरुद्ध जिल्लाबाट भएको फैसलालाई सदर गरेको थियो । चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

टिकापुर घटनामा घेराबन्दीमा पारेर लखेटीलखेटी ढुंगा, मुंङ्ग्रा, भाला, खुकुरी र चक्कुले हानेर क्रुर तबरले प्रहरीको ज्यान लिइएको थियो । नियन्त्रणमा लिई क्रूर हत्या भएका कारण अन्तर्राष्ट्रिय रुपमा समेत यो हत्याकाण्ड क्रुर मानवताविरुद्धको अपराधमा दर्ज भएको छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा यस्तो मुद्दा फिर्ता लिन नहुने भन्दै गम्भीर प्रश्न उठिरहेका बेला सरकारले कानुन संशोधन गर्न लागेको हो ।

यो विधेयक पारित भए संसदीय चुनावका बेला वम विस्फोटपछि जिउँदै ईंटाभट्टामा जलाएर ज्यान लिएको मुद्दामा सजाय खेपिरहेका कांग्रेस नेता मोहम्मद अफताप आलमका लागि पनि सहज हुनेछ । मुद्दा फिर्ता लिन वा सजाय भइहालेमा माफी मिनाहा गर्न नजिर बन्ने छ ।

अपराधमा उन्मुक्तिलाई कानुनी राज, विधिको शासन, मानवअधिकार र न्याय कुनै दृष्टिले जायज मान्न सकिँदैन । यसले दण्डहिनतालाई नै प्रश्रय दिने र आम सर्वसाधारणमा भयको वातावरण सिर्जना गर्ने दअधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक