असोज १०, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबार"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा अफगानिस्तान र इराक जान लागेको प्रतिबन्ध हट्छः श्रममन्त्री

१० आश्विन २०७३, सोमबार १०:१६

असोज १०, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबारेमा सरकारले आगामी क्याविनेटमा निर्णय लिने समेत जनाए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गुरुङ्गले उक्त कुराको खुलासा गरेका छन् । मन्त्री गुरुङ्गले भने,“दुवै देशमा कामदार पठाउने कुरामा अत्यधिक दबाब आएको छ, सरकारले सम्भवत्ः अबको क्याविनेटबाट यसबारेमा निर्णय गर्छ, प्रधानमन्त्री स्वयमले पनि मलाई प्रस्ताव पेश गर्न भन्नुभएको छ ।”

साक्षात्कार कार्यक्रममा मन्त्री गुरुङ्गले अफगानिस्तान र ईराकस्थित् अमेरिकी, बेलायत लगायतका दुतावासमा नेपाली कामदार पठाउन काठमाडौंस्थित् अ‍ेमेरिकी र बेलायती राजदुतले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिएको उल्लेख गर्दै भने,“उहाँहरुले हाम्रो प्रधानमन्त्रीसँग भेटेर यस्तो दबाब दिनुभएको छ, त्यतिमात्रै होईन नेपाली कामदारहरुको पूर्ण सुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले चाँडै प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउने प्रक्रिया खुलाउँछ ।”

उनले रेड जोनबाट ग्रिन जोनसम्म पुर्याउनको लागि उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाएको बताए । त्यस्तै उनले अहिलेपनि कतिपय नेपाली कामदारहरुले टिकट काटेर बसेको भन्दै स्वयम नेपालीहरुबाट समेत दबाब आएको स्पष्ट पारे ।

उनले म्यानपावर व्यवसायमा देखिएके विकृति विसँगतिहरु हटाउनको लागि आफूले सुधारको कार्यक्रमहरु ल्याउन लागेको जनाए । उनले भने,“यो क्षेत्रलाई सुधार गर्न र सक्षम र सवल बनाउनको लागि म नयाँ सुधारका कार्यक्रमहरु ल्याउन गईरहेको छु ।”

‘फ्रि भिसाको नाममा पैसा लिए कारबाही’

मन्त्री गुरुङ्गले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहा पाए त्यसलाई कडा भन्दा कडा कारवाही गर्ने समेत चेतावनी दिए । उनले अघि थपे,“फ्रि भिसा, फ्रि टिकट भन्ने अनि १० हजारको रसिद बनाउने, तर भित्रभित्रै २ लाखसम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कडा कारवाही गर्छु ।”

उनले आफू फ्रि भिसा, फ्रि टिकट व्यवस्थाको विरुद्धमा नभएको जिकिर गरे । गुरुङ्गले अघि थपे,“मलाई प्रलोभनमा पार्नेगरि कुनै प्रस्ताव आयो भने वा पैसाको विटो लिएर कोही आए भने म पत्रकारहरलाई खबर गर्छु।”

त्यस्तै उनले स्थानीय निकायको पूर्नसंरचना गर्नको लागि प्रमुख राजनीतिक दलहरुवीच हिजो भएको पहिलेकै ईलाकाहरुलाई आधार मान्ने सहमतिले कुनै हालतमा चुनाव नहुने चूनौति दिए ।

उनले भने,“तीन दलको सहमति संघीयताको मर्म र भावना विपरित छ, पूरानै संरचनामा चुनाव हुन सक्दैन ।” गुरुङ्गले अघि प्रश्न गरे,“पूरानै संरचनामा जाने हो भने संघीयता किन चाहियो ?” उनले पञ्चायती पद्धतिअनुसार स्थानीय निकायको चुनाव भए संघीय प्रणालीको अस्तित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरे ।

उनले दुईचार जना नेताले कुरा गर्दैमा सर्वस्विकृत निर्णय हुन नसक्ने बताउँदै भने,“स्थानीय तह पूर्नसंरचना आयोगको प्रक्रिया अनुसार नै अघि बढ्नुपर्छ, तीन दलको सहमति कार्यान्वयन हुँदैन् ।” मन्त्री गुरुङ्गले संविधानको व्यवस्था अनुसार नै प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

उनले असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि संविधान संशोधनको विकल्प नभएको स्पष्ट पारे । गुरुङ्गले भने,“संविधान संशोधन प्रक्रिया छिट्टै अघि बढ्छ, संशोधनको विकल्प छैन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का