असोज १०, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबार"/>
२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा अफगानिस्तान र इराक जान लागेको प्रतिबन्ध हट्छः श्रममन्त्री

२०७३, १० आश्विन सोमबार १०:१६

असोज १०, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबारेमा सरकारले आगामी क्याविनेटमा निर्णय लिने समेत जनाए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गुरुङ्गले उक्त कुराको खुलासा गरेका छन् । मन्त्री गुरुङ्गले भने,“दुवै देशमा कामदार पठाउने कुरामा अत्यधिक दबाब आएको छ, सरकारले सम्भवत्ः अबको क्याविनेटबाट यसबारेमा निर्णय गर्छ, प्रधानमन्त्री स्वयमले पनि मलाई प्रस्ताव पेश गर्न भन्नुभएको छ ।”

साक्षात्कार कार्यक्रममा मन्त्री गुरुङ्गले अफगानिस्तान र ईराकस्थित् अमेरिकी, बेलायत लगायतका दुतावासमा नेपाली कामदार पठाउन काठमाडौंस्थित् अ‍ेमेरिकी र बेलायती राजदुतले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिएको उल्लेख गर्दै भने,“उहाँहरुले हाम्रो प्रधानमन्त्रीसँग भेटेर यस्तो दबाब दिनुभएको छ, त्यतिमात्रै होईन नेपाली कामदारहरुको पूर्ण सुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले चाँडै प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउने प्रक्रिया खुलाउँछ ।”

उनले रेड जोनबाट ग्रिन जोनसम्म पुर्याउनको लागि उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाएको बताए । त्यस्तै उनले अहिलेपनि कतिपय नेपाली कामदारहरुले टिकट काटेर बसेको भन्दै स्वयम नेपालीहरुबाट समेत दबाब आएको स्पष्ट पारे ।

उनले म्यानपावर व्यवसायमा देखिएके विकृति विसँगतिहरु हटाउनको लागि आफूले सुधारको कार्यक्रमहरु ल्याउन लागेको जनाए । उनले भने,“यो क्षेत्रलाई सुधार गर्न र सक्षम र सवल बनाउनको लागि म नयाँ सुधारका कार्यक्रमहरु ल्याउन गईरहेको छु ।”

‘फ्रि भिसाको नाममा पैसा लिए कारबाही’

मन्त्री गुरुङ्गले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहा पाए त्यसलाई कडा भन्दा कडा कारवाही गर्ने समेत चेतावनी दिए । उनले अघि थपे,“फ्रि भिसा, फ्रि टिकट भन्ने अनि १० हजारको रसिद बनाउने, तर भित्रभित्रै २ लाखसम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कडा कारवाही गर्छु ।”

उनले आफू फ्रि भिसा, फ्रि टिकट व्यवस्थाको विरुद्धमा नभएको जिकिर गरे । गुरुङ्गले अघि थपे,“मलाई प्रलोभनमा पार्नेगरि कुनै प्रस्ताव आयो भने वा पैसाको विटो लिएर कोही आए भने म पत्रकारहरलाई खबर गर्छु।”

त्यस्तै उनले स्थानीय निकायको पूर्नसंरचना गर्नको लागि प्रमुख राजनीतिक दलहरुवीच हिजो भएको पहिलेकै ईलाकाहरुलाई आधार मान्ने सहमतिले कुनै हालतमा चुनाव नहुने चूनौति दिए ।

उनले भने,“तीन दलको सहमति संघीयताको मर्म र भावना विपरित छ, पूरानै संरचनामा चुनाव हुन सक्दैन ।” गुरुङ्गले अघि प्रश्न गरे,“पूरानै संरचनामा जाने हो भने संघीयता किन चाहियो ?” उनले पञ्चायती पद्धतिअनुसार स्थानीय निकायको चुनाव भए संघीय प्रणालीको अस्तित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरे ।

उनले दुईचार जना नेताले कुरा गर्दैमा सर्वस्विकृत निर्णय हुन नसक्ने बताउँदै भने,“स्थानीय तह पूर्नसंरचना आयोगको प्रक्रिया अनुसार नै अघि बढ्नुपर्छ, तीन दलको सहमति कार्यान्वयन हुँदैन् ।” मन्त्री गुरुङ्गले संविधानको व्यवस्था अनुसार नै प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

उनले असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि संविधान संशोधनको विकल्प नभएको स्पष्ट पारे । गुरुङ्गले भने,“संविधान संशोधन प्रक्रिया छिट्टै अघि बढ्छ, संशोधनको विकल्प छैन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन