2026-09-28 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ

2026-06-24

काठमाडौँ | अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतको महाराष्ट्र झारखण्ड घर भई काठमाडौँ बस्दै आएका ३३ वर्षीय अमित इरगोन्डा घाली पक्राउ परेका हुन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

काठमाडौँको ज्याठामा केही व्यक्तिहरूले अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजश्व छलीका सुनचाँदी ओसारपसार, भण्डारण र बिक्री गरेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार अमितबाट ७ लाख ३० हजार नेपाली नगद र ३४ हजार ५०० अमेरिकी डलर बरामद भएको छ। त्यस्तै, सुन जस्तो देखिने ७५ ग्रामका १७ वटा धातु बरामद भएको छ। दुई किलो ६०० ग्रामको चाँदी जस्तो देखिने धातु पनि बरामद भएको छ। थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह