2026-09-28 10:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने

2026-06-24

काठमाडौँ | ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीद्धारा हस्ताक्षरित पत्रमा यसबारे उल्लेख गरिएको छ ।

‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरुसँग हात मिलाएक दृश्यहरु सम्बन्धमा सामाजिक सञ्जाल तथा आम नागरिहरूबाट समेत विभिन्न गुनासो प्राप्त हुन आएको हुँदा अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीसँग हात मिलाउने कार्यलाई पूर्णरुपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनि सम्मान गर्न/गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह