2026-07-25 10:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेताहरू कतिसम्म भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

वैशाख २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली शरणार्थी प्रकरणले नेताहरू कति भ्रष्ट रहेछन् भन्ने देखाएको बताएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डका फाइलहरू खुल्न थालेका छन् । यो सबैले हामीलाई अत्यन्तै दुखित पनि बनाउँछ नेताहरू कति भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कतिसम्म तल गिरिसकेको रहेछ । मानव तस्करी गर्ने काममा नै नेताहरूले अगुवाइ गरेका रहेछन् ।’

योसहित भ्रष्टाचारको कुनै प्रकरणमा गृहमन्त्रीले खुट्टा नकमाउन आग्रह गरे । उनले भने, ‘जोसुकै व्यक्ति जोडिएका छन् भने त्यसलाई बाँकी नराख्नुस् ।’

उनले अहिले राजनीतिप्रति जनताको निराशा बढेको उल्लेख गरे ।

‘पार्टीहरूप्रति पनि निराशा बढेको देखिन्छ । नेताहरूप्रति पनि निराशा बढेको देखिन्छ । पहिला मान्छेहरूले विकल्पको रूपमा दर्शन हेर्ने गर्ने । सिद्धान्त, त्याग तपस्या र बलिदान हेर्ने गर्थे । तर, अहिले सोसल मिडिया र त्यसैबाट प्रभावित भएको नयाँ पुस्ता सजिलै आफ्नोतर्फ तान्न थालेको देख्दा के हुने हो नेपालको भविष्य ? जनताको भविष्य भन्ने चिन्ता लागेर आउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक