2026-09-19 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पलको वास्तविक जीवनसँग मिल्दोजुल्दो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ को फिमेल संस्करण (भिडियो)

वैशाख २८,  काठमाडौँ | थुनामुक्त भएपछि अभिनेता पल शाहले निर्माण तथा निर्देशन गरेको गीतिकथा बिहीबार युट्युबमा रिलिज भएको छ । चार वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल संस्करण रहेको यो गीत शाहको पछिल्लो एक वर्षको वास्तविक जीवनमा आधारित छ ।

थुनामा लगिएदेखि रिहा भएपछिको कथावस्तुसम्म समावेश गरिएको यो गीतमा परिवारको मनोदशालाई पनि चित्रण गरिएको छ । अभिनेत्री सूर्यमाला खनालले यसमा पलकी आमाको भूमिकामा अभिनय गरेकी छन् भने बुवाको भूमिकामा प्रकाश अधिकारी छन् । थुनामुक्त भएपछिको प्लटमा मोडल सनिशा भट्टराईसँग पलको रोमान्स देख्न सकिन्छ ।

भिडियोको सुरुमा हतकडी लगाएर प्रहरीले लगेको दृश्यमा पललाई देख्न सकिन्छ । थुनाभित्र रहँदाको मनोदशालाई पनि उनले चित्रण गरेका छन् । गीतको शब्द तथा संगीत पुष्पन प्रधानको छ भने आवाज अनु चौधरीको छ । थुनामुक्त भएपछि पहिलोपटक रुकुम महोत्सवमा बोल्दै शाहले पहिलो कामको रुपमा आफूले ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को दोस्रो संस्करण ल्याउने घोषणा गरेका थिए ।

‘तिमीलाई हेर्ने बानी पर्यौ’ गीतको पुरुष भर्सन पुष्पन प्रधानले गाएका थिए । उक्त गीतमा पनि पलले नै अभिनय गरेका थिए । उक्त गीतले ८३ लाखभन्दा बढी भ्यूज पाएको छ । यी दुवै गीत पलले आफ्नै नामको च्यानलबाट रिलिज गरेका हुन् । गत फागुन १४ गते उच्च अदालत पोखराले पललाई बाल यौन दुरुपयोगको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । त्यसको भोलिपल्ट उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो