2026-07-25 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण नगरियोस् : प्रकाशमान सिंह

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन माग गरेका छन् । शुक्रबार बिहान कांग्रेस नेता सिंहले यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको बताए । उनले भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ ।’

कानुनको नजरमा सबै समान रहेको भन्दै उनले दोषीले उन्मुक्ति पाउन नहुने बताए । ‘कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून्,’ सिंहले भने, ‘कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस् ।’ प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाउनुपर्ने उनको भनाइ छ । ‘यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस् । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भएपनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक