2026-07-24 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दीपक गिरीले भने- पुल नबन्दा सांसद सञ्जय गौतम अनशनमा हुनुहुन्छ, हामी पनि अनशन बस्ने दिन आउँछ

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएका छन् ।

बर्दियाको जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनशन सुरु गर्नु परेको बताउँदै उनले अरु सांसदहरूले आमरण अनशन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोश  व्यक्त गरे । 

सांसद गिरीले सरकारले सबै सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउन दबाब दिनन आमरण अनशन नै बस्न बाध्य नपार्न चेतावनी दिए । ‘सांसद सञ्जय गौतम आफ्नो क्षेत्रको जब्धी पुलमुनि १५ सूत्रीय माग राखेर आमरण अनशन बसेका छन् । काठमाडौंनजिककै नगरकोटको बाटो बन्दैन । जब्धी पुल बन्दैन । उदयपुरको त्रियुगा पुल बन्दैन, संखुवासभाको अरुणपुल बन्दैन । चार लेनबाट दाङको बन्दैन । अरु आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन,’ उनले भने, ‘अब भोलि सांसद नारायण खड्का त्रियुगा पुलमुनि, पर्सि दीपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस् । म सम्माननीय सभामुखमार्फत् सरकारको आँखा खुलोस् ।’ 

सांसद गिरीले संसदमा सांसदहरूले राखेका मागबारे सरकारलाई गम्भीर बन्न पनि पटक–पटक आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक