१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरजु र मञ्जुबारे कांग्रेसले भन्यो- मिडिया ट्रायल भयो, अडियो नक्कली हो

२ जेष्ठ २०८०, मंगलवार ०६:२३

जेठ २, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जुलाई शरणार्थी प्रकरणमा मुछिएकोमा कांग्रेसले आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेतृद्वयमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए ।

आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतलाई पार्टी केन्द्रीय सदस्य र सांसदसमेत रहेकी मञ्जु खाणको अवस्था के हो ? भनी सोधिएको थियो । त्यसमा महतले कडा जवाफ दिए ।

उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ ।’

आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको महतले दाबी गरे ।

उनले भने, ‘यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन । यसमा कांग्रेसको गम्भीर ध्यानाकर्र्षण भएको छ । आरजु आफैंले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिनुभएको छ । छानबिन होस् भन्नुभएको छ । पहिल्यै यस्तो उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषीजसरी प्रस्तुत गनु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई पूरा विश्वास छ । अडियो प्रकरण झूटो र नक्कली हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो