जेठ ६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातमै आफ्ना विचारहरु राख्ने बताएका छन् | आज (शनिबार) एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेबारे सांसदहरुलाई जानकारी गराएका हुन् ।
उनले शुक्रवार राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आएको बताउँदै यो पञ्चवर्षीय योजनाका रुपमा आउनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारले दिगो विकासको गन्तब्यमध्ये यो वर्ष के–के काम गर्ने यो वर्षको नीति तथा कार्यक्रममा आउनुपर्ने बताए |