Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बालेनको निर्देशन: लक्षित वर्गको निःशुल्क उपचार गर्नुस्

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन् । आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दिएका हुन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दस प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था लागू नभएको पाइएको उनको भनाइ छ ।

मेयर शाहले अस्पतालहरूले प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिएका छन्  ।

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन उनको निर्देशन छ ।