Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा ओलीको टिप्पणी– एमालेको पहलमा नियुक्त प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणतिर लागे

२०८०, ७ जेष्ठ आईतवार ०६:४२

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका छन् । 

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्रीले सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका हुन् । 


आफूहरूले प्रधानमन्त्री बनाए पनि सरकार बनाउने समयमा तीनवटै दललाई बाहिर राखेकोमा ओलीको कटाक्ष थियो । ‘नेकपा एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा नियुक्त हुनुभएका प्रधानमन्त्री, सरकारको मुटु प्रतायारोपण तिर लाग्नुभयो,’ ओलीले भने । 

सदनमा प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले शुक्रवार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम गन्तव्य र दिशाहीन भएको टिप्पणी गरेका छन् ।

उनले भने,‘ जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू। भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ?  मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ