१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा सत्तापक्षबाट कुटिकुटी मान्छे मारियो, व्यापक धाँधली गरियो : ओली

७ जेष्ठ २०८०, आईतवार ०६:५०

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको तीनै तहको निर्वाचनमा व्यापक धाँधली भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले भने, ‘सरकारले तीनै तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गरी मुलुकमा संघीय शासन प्रणालीलाई सफल बनाएको उद्घोष गरेको दाबी गरेको छ। तीनै तहको निर्वाचन कुन हदसम्मको अराजकता, अशान्ति, त्रासदीपूर्ण, ठगी र जालसाजीपूर्ण थियो मैले यसअघि पनि भनिसकेको छु।’

मान्छे मारिएका छन्, घाइते भएका छन् बुथ कब्जा भएको छ। गणना नसकिँदै घोषण भएको छ। त्यो कसरी शान्तिपूर्ण निर्वाचन भन्न मिल्छ ? उनले प्रश्न गरे।

उनले थपे, ‘ती मान्छेहरूले आत्महत्या गर्‍या हुन् कि के गरेका हुन् ? भागेर गएकालाई घरमै गएर तानेर ल्याएर हत्या गरेको छ। यो सम्पूर्ण निर्वाचनमा सत्ताको दुरुपयोग गरेर व्यापक धाँधली भएका छन्।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी