१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति कार्यक्रममा चित्रबहादुरको प्रस्ताव- संघीयता खारेजदेखि कालापानीबाट भारतीय सेना हटाउनेसम्म समेटौं

७ जेष्ठ २०८०, आईतवार ०९:३३

जेठ ७, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता र संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाएर संघीयता खारेज गरेर संविधान कार्यान्वयन गर्ने बाक्य राख्नुपर्छ । संघीयता हुँदैन । संघीयताका विरुद्ध जनमत तयार भएर हामीले यो कुरालाई ल्याएको होइन। उतिबेलै हामीले भनिरहेका छौं । सबैको मनमा छ यो पाल्न सकिँदैन भन्ने ।’

उनले चीन, जापान, बेलायतलाई जस्ता ठूला मुलुकलाई नचाहिएको संघीयता नेपालमा आवश्यक नभएको बताए । यस्तै, उनले कालापानी छिमेकीले जबजस्ती कब्जा गरेर राखेको बिषयमा जोडदार रुपमा कुरा राख्न माग गरे ।

उनले भने, ‘त्यसबारे सरकारले जोडदार रुपमा पहल गरेको देखिँदैन। त्यसमा राख्नुपर्छ। कालापानीबाट भारतिय सेना हटाउने बुँदा थप गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी