2026-07-25 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ : धवलशमशेर राणा

जेठ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ तथा पुराना उद्योग सञ्चालन गर्ने विषय सकारात्मक रहेको बताएका छन् । 

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ भन्दै कटाक्ष गरे ।

सांसद राणाले भने, ‘बल्ल सरकारलाई चेत आएछ कि हामीले  पञ्चायतकालका उद्योगहरु बेचेर सिध्याएर खाएको गलत गरेका रहेछ भनेर बल्ल चेत आएछ र नयाँ र पुराना कारखानालाई ब्युँझाउने कुरा आयो ।’ 

सांसद राणाले सुकुम्वासी समस्या एउटा तमासा भएको टिप्पणी गरे । देशमा ३० वर्षदेखि राजनीतिक पार्टीहरुले कार्यकर्ता भर्ना गर्ने र आफ्ना कार्यकर्तालाई सुमसुम्याउने र थम्थम्याउँने काम भएको बताए । ३० वर्षमा देशमा ३६ वटा सुकुम्वासी आयोग बनेको भन्दै अझै तमासा गरिरहने भनी प्रश्न गरे । उनले यो वर्षदेखि सरकारले सुकुम्वासी समस्या बन्द गर्न आग्रह गरे । 

उनले विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने वातावरण सहज नभएको भन्दै उनीहरुका लागि सहज वातावरण बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक