१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति तथा कार्यक्रममा काल्पनिक कुरा, राष्ट्रिय योजना आयोग खारेज गरौँ : उपेन्द्र यादव

१० जेष्ठ २०८०, बुधबार ०८:४१

जेठ १०, काठमाडौँ | जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सबै साहित्य, शब्द रहेको बताउँदै कल्पनाहरूले परिपूर्ण रहेको बताएका छन् । बुधवार सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै सांसद यादवले नीति तथा कार्यक्रमको १७ ठाउँमा केन्द्रीय सरकारले स्थानीय र प्रदेश सरकारलाई दिने भन्ने जस्तो व्यवस्था रहेको बताउँदै यादवले सङ्घीयताको मूल मर्म र भावना विपरीत रहेको उल्लेख गरे । उनले सो कुराले सङ्घीयता विरोधी भाव बोक्ने गरेको दाबी गरेका छन् ।

केही सकारात्मक र नकारात्मक विषय पनि रहेको बताउँदै वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउने भने पनि कसरी बनाउने भन्ने कुरा नभएको बताए ।  सांसद यादवले केही कुरामा सुझाव दिन चाहे पनि त्यो सुझाव कार्यान्वयन नहुने बताउँदै उनले नीति तथा कार्यक्रममाथि बोल्नु शास्त्रार्थ गर्नु जस्तो मात्र हुने टिप्पणी गरे ।  सङ्घीयतालाई खोला नालाको आधारमा नामकरण गरिएको भन्दै त्यसलाई पहिचानको आधारमा दिनुपर्ने, प्रदेशलाई प्रहरीको अधिकार दिने कि नदिने ? सङ्घीय निजामती सेवा ऐन ल्याएर कर्मचारी खटाउने अधिकार प्रदेशलाई दिने नदिने भन्दै प्रश्न गरे ।  

उनले नीति तथा कार्यक्रममा केही सकारात्मक कुराहरू पनि रहेको उल्लेख गरे ।  उनले भने– ‘बन्द रुग्ण उद्योगहरूलाई पुन सञ्चालन गर्ने, राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने, रासायनिक मल कारखाना खोल्ने, गरिब परिवारलाई परिचयपत्र दिने, औद्योगिक क्षेत्रमा विदेशी लगानी ल्याउने, निजगढ विमानस्थल कार्य अगाडि बढाउने, विपन्न परिवारलाई फुसको घरको छाना दिने, मधेस प्रदेशका जिल्लाहरूमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउने । नागरिकताको समस्या समाधान गर्ने जस्ता सकारात्मक कुराहरू परेका छन् ।’

सांसद यादवले नीति तथा कार्यक्रममा काल्पनिक कुराहरूले शब्दहरू धेरै रहेको टिप्पणी गरे ।  उनले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको बताउँदै त्यसको खारेज गर्न पनि माग गरेका छन् । त्यसको सट्टामा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति बनाउन जोड दिए । उनले भने– ‘यो काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । उपयोगिता छैन काम छैन ।’ उनले सरकारले रासायनिक मल कारखाना खोल्ने भनेको छ तर निजी क्षेत्र कि सरकारले खोल्ने भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग